• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
बाढीबाट लाखौंको रहर दाल खेती नष्ट

बृजमान तामाङ/ बिरेन्द्र बजार, १५ भदौ । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर–६ मा अबिरल बार्षासंगै आएको बाढीले लाखौको रहर दाल खेती नष्ट गरेको छ ।
स्थानिय महमद ईशाक मन्सुरीले २ बिघा ३ कठ्ठा क्षेत्रफलमा लगाएको रहर दाल खेतीमा बाढी पस्दा १ लाख भन्दा बढीको क्षति भएको हो । खेतमा बाढी पसेर रहरको बोट सुकेर नष्ट भएको देखाउदै मन्सुरीले बारीको ठेक्का तिर्न समेत समस्या परेको दुखेसो पोखे । मन्सुरीले केही समययता २ बिघा ३ कठ्ठा जग्गा लिजमा लिई ब्यबसायिक रुपले रहर दाल खेती गर्दै आएको बताए ।
रहरको बोट सुकेर एक लाख भन्दा बढीको क्षति भएको सुनाउँदै उनले वडा कार्यालय तथा स्थानीय प्रहरी चौकीमा जानकारी गराउँदा समेत कतैबाट सहयोग नपाएको गुनासो गरे । रहर खेतीबाट बर्षेनी दुई लाख जती आयआर्जन गर्दैआएको मन्सुरीले जानकारी दिए ।