• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
वाढी पीडित वालवालिकालाई पुस्तक र पोशाक

बोधराज सुवेदी/महुली,भदौ १२ गते । सप्तरीको मोहनपुर सामुदायिक आधारभुत विद्यालयले वाढी पीडित वालवालिकालाई राहत स्वरुप पुस्तक, पोशाक लगायतका राहत सामाग्रीहरु वितरण गरेको छ ।
सोमवार विद्यालयमा आयोजित एक कार्यक्रमका वीच उक्त विद्यालयको विभिन्न कक्षामा अध्ययनरत जम्मा नौ छात्र छात्राहरुलाई राहत सामाग्री वितरण गरिएको हो । गत साउन २७ गते महुली खोलामा आएको बाढीले घरबार वगाएर विस्थापित भएका कृष्णा सवरन अग्नीसाइर गाउँपालिका वडा नं. १ हेडवाँधका नौ घर परिवारका वालवालिकाहरुलाई एक सेट किताव, आधा दर्जन कपी तथा बल पेन र एक सेट विद्यालय पोशाकसहित सय रुपैंया सिलाई खर्च समेत उपलब्ध गराइएको छ ।
राहत पाउनेहरुमा कक्षा ७ मा अध्ययनरत छात्रा एलिसा मगर र सावित्रा मगर तथा छात्र मोहनसिंह नेपाली,कक्षा ४ का छात्र अम्वर वहादुर मगर र छात्रा यु कुमारी नेपाली, कक्षा २ का छात्र अभिशेक मगर र छात्रा कविता नेपाली, कक्षा ३ का छात्र रेशम नेपाली तथा बाल विकासका छात्रद्वय राम नेपाली र लक्ष्मण नेपाली रहेका छन् ।
बाढीले किताव कापी तथा विद्यालय पोशाक बगाएर विद्यालय आउन छोडेका ती वालवालिकाहरुलाई विद्यालय आउने वातावरण सृजना गर्ने उदेश्यले विद्यालयको आन्तरिक श्रोत तथा अभिभावक समेतको नगद सहयोगमा राहत वितरण गरिएको विद्यालयका प्रधानाध्यापक पशुपति कोइरालाले जानकारी दिएका छन् । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष महेश्वर प्रसाद कोइरालाको अध्यक्षतामा शिक्षक हेमनाथ अधिकारीले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका पूर्व अध्यक्षहरु, समाजसेवी, वुद्धिजिवी, शिक्षक, विद्यार्थी, अभिभावक, सञ्चारकर्मी लगायत सर्वसाधारणको उपस्थिती रहेको थियो ।