सप्तरीमा बाढीले मृत्यु हुनेको संख्या ६ पुग्यो

सप्तरीमा बाढीले मृत्यु हुनेको संख्या ६ पुग्यो
Bwtech New Add With Software & Bull SMS

राजविराज, ११ भदौ । अविरल वर्षा र बाढीका कारण सप्तरीमा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

गत साउन २६ गतेदेखि शुरु भएको निरन्तरको चार दिनको वर्षा र बाढीले मृत्यु हुनेहरुको संख्या एक महिलासहित ६ पुगेको हो । पछिल्लो पटक शनिवार साँझ तिलाठी कोइलाडी गाउँपालिका–१ सकरपुराकी जिञ्जिरा देवी मण्डलको मृत्यु भएको छ । गत साउन २७ गते बाढीका कारण हात खुट्टासहित जीउ सुनिएर हिंडडुल गर्न नसक्ने अवस्थामा राहत तथा उद्धारमा खटिएको नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले बाढीबाट उद्धार गरी स्थानीय कोइलाडी हटिया पुर्याईएको थियो । त्यहाँ समान्य उपचार पश्चात विराट टिचिङ्ग हस्पिटल भर्ना गरिएको थियो । उनको अवस्था गम्भीर हुँदै गएकोले आइसियुमा राखिएको थियो ।

स्वास्थ्यमा सुधार नआएपछि उक्त अस्पतालले जञ्जिरा देवीलाई बँचाउन नसकिने भन्दै डिस्चार्ज गरिएको जञ्जिराका छोरा अविराम मण्डलले बताए । आमालाई एम्बुलेन्समै राखेर घर ल्याईएको केही समयपछि मृत्यु भएको उनले ‘न्यूज टुडे’लाई जानकारी दिएका छन् ।  यद्यपी जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत समेत रहेका विपद् व्यवस्थापन समितिका फोकल पर्सन जनक कोइरालाले जञ्जिरा देवी मण्डलको नाम सूचीमा समावेश नभएको बताएका छन् । सर्जमिन मुचुल्काका साथै आवश्यक आधार तथा प्रमाणसहित आफुहरु समक्ष पेश हुन आएमा मात्र मृतकको सूचीमा नाम समावेश गर्न सकिने बताए ।

हालसम्म आफुहरुकहाँ मुतकको सूचीमा पाँच जनाको मात्र समावेश भएको उनले जानकारी दिए ।यस्तै राजविराज नगरपालिकाको वडा नम्वर–६ का २२ वर्षिय रामकुमार सदाको साउन ३१ गते मृत्यु भएको छ । यसैगरी साउन २९ गते आठ वर्षिय बालक कमलु सदाको मृत्यु भएको छ । उच्च ज्वरोबाट प्रभावित बालक सदाको चारैतर्फ बाढीको पानीले घेरिएका कारण समयमा उपचार हुन नसक्दा मृत्यु भएको जनाईएको छ । यसैगरी बेल्ही चपेना गाउँपालिका वडा नम्वर–४ का ३२ वर्षिय कमला मुखियाको मुतनी नदीको बाढीले बगाएर मृत्यु भएको थियो ।यस्तै आइतवारै साँझ खेतवाट फर्कदै गरेको अवस्थामा तरकैया खोलाले बगाएर वेपत्ता डाक्नेश्वरी नगरपालिका–८ का ५५ वर्षिय नथुनी राम वेपत्ता भएका थिए । उनको शव  साउन ३० गते  विहान मृत अवस्थामा फेला परेका छन् ।

बाढीले बगाएको स्थानदेखि करिब ३ किलोमिटर टाढा खोला किनारमै उनको मृत शरिर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सोही दिन अघि खाँडो खोलाले भत्काउँदै गरेको तटबन्ध रोकथाम गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर राजविराज नगरपालिका– १५ देउरी भरुवा गाउँका ५५ वर्षिय डोमी यादव वेपत्ता भएका थिए । वेपत्ता भए लगत्तै सुरक्षाकर्मीहरुको टोलीले शव खोजी कार्यलाई तिब्रता दिए पनि शवसम्म फेला पर्न सकेन । खाँडो खोलाको भत्किदै गरेको तटबन्ध मर्मत सम्भार गर्ने क्रममा उनको तत्कालै मृत्यु भएको हुनसक्ने भएकोले परिवारजनले काज किरिया समेत गरिसकेका छन् ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *