दोस्रो सप्तरी जिल्ला युवा सम्मेलन शुरुः युवाहरु सजग हुनुपर्नेमा जोड

दोस्रो सप्तरी जिल्ला युवा सम्मेलन शुरुः युवाहरु सजग हुनुपर्नेमा जोड
Bwtech New Add With Software & Bull SMS

राजविराज,  १० भदाै   । ‘शान्ति र समृद्धिकालागि युवा’ भन्ने मूल नाराका साथ सप्तरी युथ नेपालको आयोजनामा दोस्रो जिल्ला युवा सम्मेलन शनिवारदेखि शुरु भएको छ ।

राजविराज स्थित जिल्ला खेलकुद विकास समितिको सभाहलमा जिल्ला युवा सम्मेलन शुभारम्भ भएको हो । सम्मेलनको उद्घाटन गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले जताततै चरम भ्रष्टाचार व्याप्त रहेका कारण विकासले गति लिन नसकेको भन्दै युवाहरु विशेष सजग हुनुपर्नेमा जोड दिए । समाज र राष्ट्र परिवर्तनको सम्वाहक नै युवा भएकोले श्रृजनशील गतिविधिहरु बढाउनुपर्ने आवश्यकता औंल्याउँदै प्रमुख अतिथि पाण्डेले भने ‘समाज र राष्ट्रलाई शान्ति र समृद्धिको बाटोमा लग्न अव युवाहरु सजग हुन आवश्यक छ, बढ्दो भ्रष्टाचारले सामाजिक विकासले गति लिन नसकेको अवस्थामा युवाहरुको खबरदारी आवश्यक छ ।’

आफु सप्तरी जिल्लामा आएदेखि नै युवाहरुको गतिविधिमाथि निगरानी गर्दैआएको बताउँदै सरसफाई, राहत तथा उद्धार लगायतका मानवीय सहयोगमा उल्लेखनीय भूमिका निर्वाह गर्दैआएको भन्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले आगामी दिनमा थप सशक्त भएर अगाडि बढ्न आग्रह गरे ।जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले युवाहरु शान्ति, समृद्धि र सामाजिक रुपान्तरणको बाटोमा लाग्नुपर्नेमा जोड दिए । सप्तरी युथ नेपालले गर्दैआएका गतिविधिहरु सराहनीय रहेको बताउँदै उनले भने ‘युवाहरु लागु औषध, दुव्र्यसनीसहितका कुलतहरुमा फँस्दैगईरहेकोले यस्ता क्रियाकलाप विरुद्ध सप्तरी प्रहरी सहकार्य गरेर अगाडि बढ्न तयार छ ।’कार्यक्रममा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख लोकेन्द्र कुमार यादव, राजविराज नगरपालिकाका कार्यकारी अधिकृत उमेश कुमार यादव, कञ्चनरुप नगरगालिकाका कार्यकारी अधिकृत धीरेन्द्र कुमार यादव, गैरसरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, संघीय समाजवादी फोरम नेपालका नेता भीमराज यादव, राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य सतिश कुमार सिंह, मधेशी जन अधिकार फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष शैलेश कुमार चौधरी, आइडियल सहकारी संस्थाका अध्यक्ष गणेश आशसहितका व्यक्तिहरुले शुभकामना मन्तव्य व्यक्त गरे ।

सोही कार्यक्रममा सप्तरी युथ नेपालले प्रमुख जिल्ला अधिकारी पाण्डे, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक सिंह, सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय राजविराजका प्रहरी उपरीक्षक रामाआधार यादव, नेपाल पत्रकार महासंघ सप्तरी, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख यादव, राजविराज र कञ्चनरुप नगरपालिकाका कार्यकारी अधिकृत यादवद्वय, गैसस महासंघका अध्यक्ष चौधरी, सरसफाई संयोजक मिथिलेश यादव, आइडियल सहकारीका अध्यक्ष आश, गायिका अन्जु यादवसमेतलाई सम्मान गरेको छ । सोही कार्यक्रममा विभिन्न क्षेत्रसँग सम्वन्धित व्यक्तित्वहरुलाई मायाको चिनो समेत प्रदान गरिएको छ ।

सप्तरी युथ नेपालका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन प्रमेश्वर झाले गरे भने स्वागत उपाध्यक्ष मोेहन यादवले गरे ।सप्तरी जिल्लाको साविकको ९१ गाउँ विकास समितिबाट एक महिला र एक पुरुष गरी २÷२ जना युवाहरुको सहभागिता रहेको छ । यस्तै पुरानो संरचना अनुसारको पाँच नगरपालिकाबाट ४÷४ युवाले सहभागिता जनाएका छन् ।गत बर्ष युवाहरुको एक भेलाले मूल समारोह समिति गठन गरी पहिलो पटक जिल्ला युवा सम्मेलन गराएको थियो ।

पहिलो युवा सम्मेलन मार्फत नै सप्तरी युथ नेपालको जन्म भएको हो । सप्तरी युथ नेपालको अगुवाईमा प्रत्येक शनिबार सरसफाई सप्ताह गरिदैं आएको छ भने राजविराज हटियाभित्र गरिएको अतिक्रमण हटाइएको छ । सप्तरी युथ नेपालकै अगुवाईमा गम्हरिया प्रवाहा गाउँ विकास समितिका दृष्टिबिहीन परिवारको घर निर्माण, उनीहरुका बालबालिकालाई अध्ययनको व्यवस्था मिलाइएको छ भने बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार सम्वन्धि कार्यहरु समेत गर्दैआएको छ ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *