
राजविराज, १० भदौ । अखिल नेपाल यादव महिला संघ केन्द्रीय समिति काठमाण्डौद्वारा शनिवार हनुमाननगर कंकालिनी कंकालिनी नगरपालिकामा बाढी पीडित परिवारलाई राहत वितरण गरिएको छ ।
नगरपालिकाको वडा नम्वर २, ३ र ४ को दुर्गापुर, बेल्हा, योगिनियाँ बस्तीका २ सय ५० परिवारलाई खाद्यान्न, कपडा, झुल, टर्चलाइट, औषधीलगायतका सामग्रीहरु वितरण गरिएको हो । संघका केन्द्रीय अध्यक्ष शोभा यादवको नेतृत्वमा उपाध्यक्ष सुजाता यादव तथा सल्लाहकारद्वय नुतन यादव, अर्चना यादव र सदस्य उषा यादवसमेतको टोलीले पाँच लाख रुपैयाँ बराबरको राहत वितरण गरेको अवकाशप्राप्त डिएफओ शेखर यादवले जानकारी दिएका छन् । संघले दैवीप्रकोप तथा विपत्तीको अवस्थामा संघले सहयोग गर्दैआएको छ ।



