Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

मिथिलाञ्चलसहित मधेशका जिल्लाहरुमा चौरचन मनाईदै

मिथिलाञ्चलसहित मधेशका जिल्लाहरुमा चौरचन मनाईदै

राजविराज, १९ भदौ । मधेशका जिल्लाहरुमा शुक्रवार (आज) चौठचन्द अर्थात चौरचन पर्व मनाईदैछ ।
विशेष गरी मधेशका जिल्लाहरुमा मनाइने यो पर्वमा साँझ ब्रतालुहरुले आ–आफ्ना घरको आँगन तथा कौशीबाट उदाउँदो चन्द्रमालाई अर्घ दिईने गरिन्छ । भगवान गणेशको श्रापबाट मुक्त हुन चन्द्रमाको पुजा गर्न थालिएको धार्मिक जनविश्वास रहिआएको छ । यस पर्वमा चामल र गहँुको पीठोका विभिन्न पकवान बनाउनुका साथै फलफूल, मिठाईका परिकार र दही पूजा सामग्रीका रुपमा प्रयोग गरिन्छ । यस पर्वमा हरेक परिवारले आफ्नै तरीकाले उदाउँदो चन्द्रमालाई अर्घ दिने गर्छन् ।
माटोको भाडोमा राखेर तयार पारिएको दही यो पर्वको लागि उपयुक्त मानिन्छ । आजैको दिन आ–आफ्ना मित्रहरुलाई घरमा बोलाएर भोजन गराउने परम्परा अझैं यथावत छ । चौठीचाँद बाबाको प्रतिकको रुपमा चन्द्रमालाई अर्घ दिनकालागि ब्रतालु महिलाले पुरी तथा खीर बनाउनकालागि प्रयोग गरिने चामल निक्कै सावधानीपूर्वक राखिने चलन रहेको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *