• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

बाढी पश्चात अस्त–व्यस्त सप्तरी (हेर्नुहोस् तस्विरहरु)

बाढी पश्चात अस्त–व्यस्त सप्तरी (हेर्नुहोस् तस्विरहरु)

राजविराज, ७ भदौ । साउन २६ गतेदेखिको अविरल वर्षा र बाढीका कारण सप्तरी जिल्लाको जनजिवन अझैं सहज हुन सकेको छैन । बस्तीहरुमा बाढीको पानी घटे पनि पीडा भने कम भएको छैन । जिल्लामा २० हजार परिवारको एक लाख व्यक्ति प्रत्यक्ष प्रभावित भएका छन् । जिल्लाको खाँडो, जिता, महुली, बलान, सुन्दरीखोला, घोडदह लगायतका नदीहरुमा आएको बाढीबाट व्यापक क्षति पुर्याएको छ ।राजविराज नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, कञ्चनरुप नगरपालिका, डाक्नेश्वरी नगरपालिका, तिरहुत गाउँपालिका, कृष्णासवरण गाउँपालिका, रुपनी गाउँपालिका, खड्ग नगरपालिका, बोदेवर्साइन नगरपालिका, र छिन्नमस्ता गाउँपालिकाको विभिन्न वडाहरु अत्यधिक प्रभावित भएको छ । जिल्लाको एक हजार परिवार विस्थापित, सात सय परिवारको घर पूर्ण रुपमा क्षति भएको छ । दश हजार विघा धान खेत पूर्ण रुपमा डुबान तथा कटानमा परेको छ । जिल्लाको चन्द्रनहर, कोशी पम्प नहर, पुल तथा बाटो कटानमा परेको छ । बाढीका कारण पाँच सय भन्दा बढी पशु चौपाया समेत मरेको छ भने माछा पोखरीबाट करोडौं रुपैयाँ मूल्य बराबरको माछा भागेको छ ।बाढीबाट राजविराज नगरपालिका– १५ देउरी भरुवा गाउँका ५५ वर्षिय डोमी यादव, कोइलाडी–८ का आठ वर्षिय बालक कमलु सदा, बेल्ही चपेना गाउँपालिका वडा नम्वर–४ का ३२ वर्षिय कमला मुखिया र डाक्नेश्वरी नगरपालिका–८ का ५५ वर्षिय नथुनी रामको मृत्यु भईसकेको छ ।प्रस्तुत छ सप्तरी जिल्लामा बाढी पश्चातको अवस्था दर्शाउने केही तस्विरहरुः

तस्विरः श्यामसुन्दर यादव/न्यूज टुडे