नायिका डोली सरकारले बालकल्याण गृहमा मनाईन् जन्मदिन(फोटो फिचर समेत)

नायिका डोली सरकारले बालकल्याण गृहमा मनाईन् जन्मदिन(फोटो फिचर समेत)
Nava Jyoti Saving & Credit Co-Operative Ltd.

राजविराज, ५ भदौ । मैथिली तथा भोजपुरी सिनेमाकी चर्चित नायिका डोली सरकारले सोमवार आफ्नो जन्मदिन राजविराज स्थित बाल कल्याण गृहका बालबालिकाहरुसँग मनाएकी छिन् ।
जन्मदिनको नाममा अत्यधिक तडक–भडक गर्ने परम्परालाई तिलाञ्जली दिँदै उनले विगत पाँच वर्षदेखि उनले पृथक शैलीबाट जन्मदिन मनाउँदैआएकी हुन् । विगतका वर्ष झैं उनले बाल कल्याण गृहका बालबालिकाहरु रमाइलो गरेर जन्मदिन मनाएकी छिन् ।
पच्चीस वर्ष पुरा गरी २६औं वर्षमा प्रवेश गरेकी नायिका डोलीले असहाय बालबालिकालाई क्रिकेट ब्याट, बल, फूटबल, ब्याडमिन्टन, लुडो लगायतका खेलकुद सामग्री हस्तान्तण गरेकी छिन् । उनले बालकल्याण गृहका बालबालिकाहरुका बीच केक काटेर जन्मदिन मनाएकी छिन् । केक काट्दै गर्दा बालबालिकाहरुले ‘ह्याप्पी बर्थ डे डोली दि’ भन्दै नायिका सरकारलाई जन्मदिनको शुभकामना दिएका छन् ।
हरेक बालबालिकालाई नाच्ने, गाउने, खेलकुद गर्ने चाहना हुने गरेको बताउँदै उनले आफ्नो स्तरबाट भुमिका निभाउने प्रयास मात्र गरेको बताईन् ।’ आफ्नो जन्मदिन सम्झिँदा सबभन्दा पहिले बालकल्याण गृहका बच्चाहरु नै याद आउने गरेको उनले जानकारी दिईन् । कलाकारहरुको समाजप्रतिको समेत दायित्व हुने गरेको बताउँदै नायिका डोलीले भनिन् ‘जन्मदिनमा बढी तडकभडक नगरी बरु सामाजिक कार्य गरेर मनाउनुपर्दछ, आफ्नो क्षमताले भ्याएसम्म समाजमा समेत खर्चिनु पर्दछ ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, पत्रकारद्वय शुभनारायण यादव, विद्यानन्द राम, गायिका अञ्जु यादव, युवा साहित्यकार एवम् रेडियोकर्मी गजेन्द्र गजुरलगायतको विशेष उपस्थिति रहेको थियो । उनले बालबालिकाहरुसँगै सामुहिक भोजनमा समेत सहभागिता जनाईन् ।
फिल्म सुटिङ्गको व्यस्तताबाट केही समय फुर्सद पाएकी उनी आफै अध्यक्ष रहेको जननी फिल्म्स प्रा.लि.को ब्यानरमा तिलाठी कोइलाडी गाउँपालिकाको टिकुलियाका बाढीपीडितहरुलाई समेत राहत वितरण गरेकी थिईन् ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *