• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सकरपुरामा भैरोचना फाउण्डेशनको राहत सामग्री

सकरपुरामा भैरोचना फाउण्डेशनको राहत सामग्री

कञ्चनपुर, ५ भदौ । एक साता अघि सप्तरीमा अविरल बर्षासँगै आएको बाढीले तिलाठी–कोइलाडी गाउँपालिकाको सकरपुरा बस्तीमा क्षति तथा घरविहिन भएका बाढीपिडितकालागि आइतवार एक सामाजिक संस्थाले राहत वितरण गरेको छ ।
भैरोचना फाउण्डेशन काठमाण्डौं नामक संस्थाले तिलाठी–कोइलाडी गाउँपालिका–३ सकरपुराका ९ सय ८२ घरपरिवारकालागि ३ हजार केजी चामल,२ सय केजी मुसरी दाल, २ सय लिटर खानेतेल, ५० केजी सोयाविन मस्यौरा र ५० केजी नुन राहत सामग्री उपलब्ध गराईएको हो । सकरपुरा बस्तीमा राम, खंग, हलुवाई, ठाकुर, यादव, मलाह, राय र झा लगायत जातीका समुदायहरुको बसोबास रहेको छ । सोही बस्तीमा तीन ठाउँ पाल बनाएर घर बनाई बस्तीका सम्पुर्ण बाढीपिडितलाई खाना खुवाईने बताएको छ ।
कार्यस्थलमा दलित सरोकार मञ्च नेपालका प्रतिनिधि, सशस्त्र प्रहरी प्रतिनिधि, सञ्चारकर्मी, तिलाठी–कोइलाडी गाउँपालिकाका प्रतिनिधि र सकरपुरा बाढीपिडित राहत समिति प्रतिनिधि बीच राहत सामग्री हस्तारण गरिएको भैरोचना फाउण्डेशनका सदस्य सविन जंग पाण्डेले जानकारी दिएका छन् ।