
दिपेन्द्र यादव, इनरुवा ४ भदाै । होसियार ? नत्र तपाईको पनि कपाल काटन सक्छ । पछिल्लो समय भारतबाट हल्ला फैलिदै आएका कपाल काटने हल्ला सुनसरीको ग्रमिण क्षेत्रमा पुगेको छ ।
शनिबार राती १० बजे सुनसरीको साबिक नरसिंह–३ हाल भोक्राहा गाउँपालिका ७ घर भएको रामु यादवको अन्दाजी ३५ वर्षीय सुनिता देवी यादवको कपाल काटेपछि सिंगो गाउँ आतंकित बनेको छ । यादवको कपाल काटेपछि उनी अचेत भएकी थिइन् उनलाई हिन्दु तथा मुस्लिम धर्मसँग सम्बन्धित स्थानिय धामीझाक्रीले आफ्नो तान्त्रिक उपचार गरेपछि उनलाई होसमा ल्याएकी थिइन् । उनलाई कपाल काटेको विषयमा सोध्दा कुकुर आयो र मेरो खुट्टा सुँघ्दै आँखामा पानीको फोहोरा हाल्यो, त्यसपछि म कुकुरलाई थपाउँदै बेहोस भए, अरु के भयो मलाई केही थाहा छैन ।
यो घटना नसेलाउँदै साविक नरसिंह ४ हाल भोक्राहा ५ मा बानेश्वर मेहताको २५ वर्षीय पत्नी सुनिता देवी मेहताको आइतबार विहान १० बजे कपाल काट्यो । मेहता पनि होसमा थिइन्न उनलाई पनि हिन्दु तथा मुस्लिम धर्मसँग सम्बन्धित स्थानिय धामीझाक्रीले झारफुक गरेर होसमा ल्यायो र केही बेर नबित्दै नरसिंह ३ मा नै पुनः विहान ११ः३० मा श्रीलाल यादवको ४५ वर्षीय श्रीमति प्रमिला देवी यादवको कपाल काटियो र कपाल काटने क्रम नरोकिएपछि कति ठाउँमा चन्दा संकलन गरेर सामुहिक पुजा नै सुरु भएको छ ।
एक पछि अर्को घटना बढदै गएपछि त्यहाँ स्थानियहरु सुनसरी प्रहरीलाई खबर गर्यो र केही बेरपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक प्रविण धितालको टोलीसँग पत्रकारहरु समेतको टोली पुगेर उक्त घटनाको स्थलगत निरिक्षण ग¥यो । कपाल काट्ने घटनाका स्थलगत निरीक्षण गर्दा गर्दा फेरी अर्को व्यक्तिको कपाल काटेको खबर प्राप्त भयो ।
सो घटनाको सत्यता हेर्न प्रहरी टोलीसँग पत्रकार पनि त्यहाँ पुगे । त्यहाँ गएर हेर्दा साँच्चै नै एक चुल्ठो कपाल काटेको हेरेपछि । प्रहरीले जिल्ला जन स्वास्थय कार्यालयका अधिकृत मुकुन्दराज गौतमलाई फोन गरेर डाक्टरको टोली पठाउन आग्रह ग¥यो । जनस्वास्थय अधिकृत गौतमले खबर प्राप्त भएको केही मिनेटमै इनरुवा अस्पतालमा कार्यरत डाक्टर विशालचन्द्र सुवेदीसहितको टोली घटना स्थलमा पठाएपनि डाक्टरको टोली घटना स्थलमा लगभग दुइ घण्टा ढिलो पुग्यो । तर कपाल काटने आतंकको विषयमा पता लगाउँन आएका डाक्टरका टोलीहरुले ब्लड प्रेसर नाप्ने यन्त्र बाहेक अरु कुनै प्राथमिक उपचार गर्ने समान लिएर नगएपछि त्यहाँका स्थानिय जनताहरु निरास देखिएको थियो ।
छिमेकी मुलुक भारतको विहार राज्यसँग जोडिएको देवानगञ्ज गाउँपालिका–४ का दिनेश मेहताको २५ वर्षिय संगीता देवी मेहताको पनि शनिवार कपाल काटेको थियो । उनको उपचारकालागि अस्पताल लगे पनि सफल उपचार नपाएको पीडित परिवारले जानकारी दिए ।



