• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

विराट टिचिङ्ग हस्पिटलद्वारा कोइलाडीमा निःशुल्क स्वास्थ्य शिविर

विराट टिचिङ्ग हस्पिटलद्वारा कोइलाडीमा निःशुल्क स्वास्थ्य शिविर

राजविराज, २ भदौ । बाढीपिडितलाई लक्षित गरी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका स्थित कोइलाडी हटियामा शुक्रवार एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरियो ।

विराट टिचिङ्ग हस्पिटल टंकी सिनवारीको सहयोग तथा ड्रिम नेपाल युवा संघ सप्तरीको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । उक्त शिविरमा ५ सय जना बाढीपिडितलाई स्त्री तथा बाल रोग विशेषज्ञ र जेनरल फिजिसियन गरी १५ जना विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य जाँच गरि औषधी समेत वितरण गरिएको अस्पतालका एसोसिएट डायरेक्टर डा. अमित देवले जानकारी दिएका छन् । उनका अनुसार शिविरमा किक भोलेण्टियरद्वारा औषधी उपलब्ध गराएका थिए ।   यसैगरि सोही ठाउँका बाढीपिडितहरुलाई २ सय ५० किलो चामल, १ सय किलो आलु, २५ किलो दाल लगायतका खाद्य सामग्रीहरु समेत प्रदान गरिएको अस्पतालका एसोसिएट डाइरेक्टर डा. देवले जानकारी दिएका छन् ।