• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

जननी फिल्म्स प्रा.लि.द्वारा टिकुलियाका बाढीपीडितलाई राहत वितरण(फोटो फिचर समेत)

जननी फिल्म्स प्रा.लि.द्वारा टिकुलियाका बाढीपीडितलाई राहत वितरण(फोटो फिचर समेत)

राजविराज, ३१ साउन । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ स्थित टिकुलिया टोलका बाढी पीडितलाई जिल्ला स्थित कलाकारहरुले राहत वितरण गरेका छन् ।

जननी फिल्म्स प्रा.लि.द्वारा मङ्गलवार स्थानीय ४५ बाढी पीडित परिवारलाई मुरही दुई किलो, चिउरा एक किलो, दुई प्याकेट चाउचाउ र दुई प्याकेट विस्कुट उपलब्ध गराईएको हो । नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष समेत रहेका जननी फिल्म्स प्रा.लि.का प्रबन्ध निर्देशक श्यामसुन्दर यादव, प्रा.लिकी अध्यक्ष नायिका डोली सरकार, सचिव गायिका अन्जु यादवसमेतको विशेष सक्रियतामा बाढी पीडितहरुलाई राहत वितरण गरिएको छ ।

कोइलाडी वर्साइन स्थित सशस्त्र प्रहरी बल बेस क्याम्पमा आयोजित एक कार्यक्रमका बीच राहत सामग्री वितरण गरिएको छ । राहत वितरण कार्यक्रममा गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका कार्डियोलोजिस्ट एवम् डाइबिटोलोजिस्ट डा. रणजीत कुमार झा, राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सदस्यद्वय दिपेन्द्र प्रसाद चौधरी, अमरनाथ मण्डलसमेतले राहत सामग्री बाढीपीडितहरुलाई हस्तान्तरण गरेका छन् । राहत वितरण कार्यमा स्थानीय सशस्त्र प्रहरी बल बेस क्याम्पले विशेष सहयोग गरेको जननी फिल्म्स प्रा. लि.की अध्यक्ष समेत नायिका डोली सरकारले जानकारी दिईन् ।

बाढी पीडितहरुले कतैबाट राहत नपाउँदा भोकभोकै बस्नुपरेको भनी विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएको तथा स्थलगत अवलोकन गर्दा समेत बाढी पीडितहरुको अवस्था कहालीलाग्दो अवस्था देखिएकोले तत्काल आफुहरुले राहत वितरण गरेको उनले बताईन् । ‘कलाकार पनि समाजकै अंग भएकोले यस्तो विपत्तिको अवस्थामा सरकारको मात्र मुख ताक्नुभन्दा जो जहाँ छन्, त्यहीबाट सक्दो सहयोग गर्नुपर्छ’ नायिका सरकारले भनिन् ‘बाढी पीडितहरुको अवस्था अत्यन्तै दयनीय छ, त्यसैले आ–आफ्नो स्थानबाट अविलम्व सहयोग गरौं ।’