• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बसबिट्टीमा ड्रिम नेपाल युवा संघद्वारा राहत वितरण

बसबिट्टीमा ड्रिम नेपाल युवा संघद्वारा राहत वितरण

राजविराज, ३१ साउन । तराई मधेश राष्ट्रिय परिषद् र पहल नेपालको सहयोगमा सप्तरीको रुपनी गाउँपालिका–५ स्थित बसबिट्टीका बाढी पीडितलाई मङ्गलवार राहत वितरण गरिएको छ । ड्रिम नेपाल युवा संघद्वारा ६० परिवारलाई प्रति परिवार त्रिपाल एक थान, ३ किलो मुरही, पाँच प्याकेट चाउचाउ र एक थान लुगा धुने साबुन वितरण गरिएको छ । उक्त अवसरमा वडा सचिव केशवराज पोखरेलसमेतको विशेष उपस्थिति रहेको थियो ।