
बृजमान तामाङ, बिरेन्द्र बजार १९ साउन । सप्तरीको खडग नगरपालिका स्थित खरचुहीयामा बुधबार संघीय समाजवादी फोरम नेपालको जिल्ला स्तरीय एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
संघीय समाजवादी फोरम नेपाल सप्तरीको अध्यक्ष दिनेश कुमार यादबको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । भेलामा प्रमुख अतिथी यादव, केन्द्रीय उपाध्यक्ष एवम् तराई मधेश प्रदेश संयोजक रेणु यादव र केन्द्रीय उपाध्यक्ष हेमराज राईले प्रशिक्षण दिएको जनाएको छ । प्रशिक्षण कार्यक्रममा केन्द्रिय सल्लाहकार सुमन चौधरी, केन्द्रीय सदस्य एवम राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साह, केन्द्रीय सदस्य एवम् सप्तरी जिल्ला ईन्चार्ज अनिरुद्ध सिंह यादव, केन्द्रीय सदस्य एवम् सह–ईन्चार्ज बिनोद चौधरी, केन्द्रीय सदस्यहरु जगदेव यादव, उमेश यादव, सुर्यनाथ यादव, चित्त नारायण यादव, अशोक यादव, दिपक यादव लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी नेता महेन्द्र प्रसाद चौधरी, उपेन्द्र नारायण चौधरी(पगडीवाला), जिल्ला निर्वाचन डेक्स सप्तरीका संयोजक उपेन्द्र प्रसाद साह, तराई मधेश प्रदेश समितिका सदस्यहरु यूसुफ अलि, राधेश्याम पंडीत लगायतका जिल्ला स्तरीय नेताहरुको समेत उपस्थिति रहेको थियो । संघीय समाजवादी फोरम नेपाल सप्तरीका सदस्य केदार यादवद्वारा सञ्चालित कार्यक्रमा स्वागत फोरम नेपाल सप्तरीका निवर्तमान उपाध्यक्ष कन्तलाल चौधरीले गरे भने तराई मधेश प्रदेशका मुख्य सचिब शम्भु झाले प्रशिक्षण कार्यक्रमको उद्देश्यबारे प्रकाश पारे । संघीय समाजवादी फोरम नेपाल सप्तरीद्धारा आयोजित जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा सुरुङ्गा नगरपालिका, खडक नगरपालिका, डाक्नेश्वरी नगरपालिका, शम्भुनाथ नगरपालिका, कंचनरुप नगरपालिका, सप्तकोशी नगरपालिका, रुपनी गाउँपालिका, कृष्णा सवरण गाउँपालिका र तिरुहुत गाउँपालिकाका अगुवा नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । आसन्न स्थानिय चुनाबको तयारी तथा पार्टी विरुद्ध विपक्षले फैलाएको भ्रम र राजनैतिक, बैचारिक सिद्धान्तबारे प्रशिक्षण दिईने कार्यक्रम रहेको छ । बिहिबार अन्य बाँकी स्थानिय तहको राजविराजमा हुने फोरम नेपाल सप्तरीले जनाएको छ ।



