• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राज रंगशाला आसपास क्षेत्रमा सरसफाई

राजविराज, २२ साउन । सप्तरी युथको अगुवाईमा प्रारम्भ गरिएको ५० हप्ते सरसफाई ४८औं हप्तामा राज रंगशाला आसपास क्षेत्रमा सरसफाई गरिएको छ ।
रंगशालाको पश्चिम र उत्तरतिरको पर्खाल छेउमा सरसफाई गरिएको हो । यी ठाउँमा सप्तरी युथकै पहलमा केही महिना अगाडि बृक्षारोपण गरिएको छ । घेराबेरा गरी बृक्षारोपण गरिएको थियो ।
बृक्षारोपाण गरिएको ठाउँमा तथा आसपास व्यापक फोहोर र झारपात उम्रेकाले यस ठाउँमा सरसफाई गरिएको सप्तरी युथ नेपालका अमर यादवले बताए । उनका अनुसार यी दुबैतिरको नालाको सफाई समेत गरिएको छ । सरसफाई तपाईंको हातमा हामी युवा तपाईंको साथमा भन्ने मूल नाराका साथ सप्तरी युथले ५० हप्ते सरसफाई अभियान सञ्चालन गर्दैआएको छ ।