• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ५० जनाको स्वास्थ्य परीक्षण

निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ५० जनाको स्वास्थ्य परीक्षण

अशोक शर्मा
सखडा, २२ साउन । सप्तरीको छिन्नमस्ता गाउँपालिका स्थित भूपेन्द्र संस्कृत माध्यमिक विद्यालय छिन्नमस्तामा स्त्री तथा प्रसुती, जेनरल फिजिसियन, बालरोग तथा हाडजोर्नी रोग सम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविर आइतवार सम्पन्न भएको छ ।
धर्मी हल्फा महिला विकास क्लव लालापट्टीको आयोजना तथा विराट मेडिकल कलेज टिचिङ्ग अस्पताल सहयोगमा शिविर आयोजना गरिएको हो । उक्त शिविरमा विभिन्न रोग सम्बन्धी समस्या भएका सात सय महिला बालबालिका वृद्धवृद्धाले स्वाथ्य जाँच गराएका छन् ।
महिला २ सय, पुरुष एक सय ५०, बालबालिका १ सय ६५ र चर्मरोग सम्वन्धी समस्या भएका ३५ जना समेत गरी ४ सय ५० जनाको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । शिविरमा सेवा लिएका विरामीहरुलाई अस्पतालले सहुलियत कार्ड समेत उपलब्ध गराएका छन् । कार्डबाट उक्त परिवारबाट अस्पतालमा जाँच गराउने विरामीलाई औषधी लगायत विभिन्न जाचमा १० देखि २५ प्रतिशतसम्म सहुलियत दिईने वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. अमित देवले जानकारी दिएका छन् ।
शिविरमा डा. देव, डा. सूर्य देव, डा. मुकेश साह, डा. सन्तोष यादव, डा. सौरभ सिंहसमेतले सेवा दिएको आयोजक संस्था धर्मी हल्फा महिला विकास क्लव लालापट्टीका अध्यक्ष ई. सुर्यनारायण यादवले जानकारी दिएका छन् ।