अस्ताए दलित आन्दोलनका सारथी बलदेव राम

अस्ताए दलित आन्दोलनका सारथी बलदेव राम
Sinha Tempo

राजविराज, १७ साउन । सिनो बहिष्कार, भूमि अधिकार, हरुवाचरवा अधिकार तथा दलित आन्दोलनका अभियन्ता बलदेव रामको मङ्गलवार विहान निधन भएको छ ।
सप्तरीको मधुपट्टी स्थित आफ्नै घरमा विहान ७ बजेको समयमा ६७ वर्षको उमेरमा निधन भएको हो । सिराहा र सप्तरीमा २०५६ सालमा उत्कर्षमा पुगेको सिनो वहिष्कार आन्दोलनको नेतृत्व उनले गरेका थिए । राष्ट्रिय भूमि अधिकार मञ्च र हरुवाचरुवा अधिकार मञ्चको संस्थापक अध्यक्ष रहेर उनले दलित मुक्ति आन्दोलनलाई राष्ट्रिय रुपमा स्थापित गराउन सफल भएका थिए ।
डा. भीमराव अम्बेडकर अन्तराष्ट्रिय पुरस्कार तथा एक दर्जन भन्दा बढी राष्ट्रिय पुरस्कार र सम्मानबाट सम्मानित उनी सम्मानित भएका थिए । युवा अवस्थादेखि नै दलित मुक्तिका लागि लागेर २०५६ को ज्याला वृद्धि आन्दोलन, निःशुल्क शिक्षाकालागि आवाज उठाउने काम, २०५८ को सिनो बहिष्कार आन्दोलनको अगुवाई, २०६० देखि हरुवाचरुवाको अधिकार, हलिया मुक्ति, भूमिहीनका लागि व्यवस्थित बसोबासको व्यवस्थाकालागि अनवरत आवाज उठाउँदै आएका थिए ।
सप्तरीको मधुपट्टीका बलदेवलाई पछिल्लो पटक राष्ट्रिय मानवअधिकार आयोगले ‘दयाराम परियार स्मृति मानव अधिकार सम्मान’ प्रदान गरेको थियो । यस्तै बैद्य—प्रकाश मानव अधिकार पुरस्कारबाट समेत बलदेव राम सम्मानित भएका थिए । समाजिक अभियन्ता रामको मृत्युले सिङ्गो दलित, भूमिहीन, सुकुम्वासी र समाजिक आन्दोलनमा संलग्नहरुले एक कुशल अभिभावक गुमाएको भन्दै पत्रकार एवम् समाजिक अभियन्ता भोला पासवानले दुःख व्यक्त गरेका छन् ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *