Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

नेपाली क्यालेण्डरको भ्रममा नपर्नुस्ः रक्षाबन्धन साउन २३ गते

नेपाली क्यालेण्डरको भ्रममा नपर्नुस्ः रक्षाबन्धन साउन २३ गते
Bwtech New Add With Software & Bull SMS

राजविराज, १२ साउन । नेपालबाट प्रकाशित अधिकांश क्यालेण्डरहरुमा यस वर्षको रक्षा बन्धन पर्व साउन १३ गते नागपञ्चमीको दिन उल्लेख गरिएको भन्दै भ्रममा नपर्न राजविराजको मैथिली साहित्य परिषद्सहित विद्वान पंडितहरुले आग्रह गरेका छन् ।
वेदाचार्य, व्याकरणाचार्य, ज्योतिषाचार्य, वास्तुविद् मिथिला क्यालेण्डर सम्मतिदाता पं. राजीव झा, व्याकरणाचार्य, साहित्य शास्त्री पं. महेश्वर मिश्र, मैथिली साहित्य परिषद्का अध्यक्ष प्रा. अशोक कुमार झा, मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष एवम् मिथिला क्यालेण्डरका सम्पादक देवेन्द्र मिश्र, परिषद्का उपाध्यक्ष सतिश कुमार दत्त र परिषद्का सचिव श्यामसुन्दर यादवद्वारा हस्ताक्षरित ज्ञापनपत्र विहीवार जिल्ला प्रशासन कार्यालय मार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवलाई ज्ञापन–पत्र पठाईएको हो । ज्ञापनपत्र बुझ्दै जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनक कोइरालाले तत्कालै मन्त्रालयमा फ्याक्स गर्ने प्रतिवद्धता जनाएका छन् ।
नेपाल सरकाले साउन १३ गते सार्वजनिक छुट्टी समेत दिएको तथा नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा उपरोक्त तथ्यलाई समर्थन गर्दै साउन ६ गते जारी गरिएको प्रेस विज्ञप्तिप्रति परिषद्सहित विद्वतज्जन, मिथिला कलेण्डर सम्पादन मण्डल समेतले गम्भिर आपत्ति जनाउँदै ज्ञापनपत्र पठाईएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको तर्क यस्तो यस्तो छ ‘सत्कर्मरत्नावली’ नामक ग्रन्थबाट उद्धृत श्लोक वाजसनेयि र ‘उपाकर्म’ का लागि मात्र भएको भन्दै ‘निर्णयसिन्धु’को उद्धरणमा ग्रहण र संक्रान्तिका दिन गर्न नमिल्ने कार्य समेत ‘उपाकर्म’ मात्र हो अन्य कृत्य होइन् ।’ उक्त विषयमा मैथिली साहित्य परिषद्, मिथिला क्यालेण्डर निर्माण समितिसहित विद्वान पंडितहरुको तर्क यस्तो छ ‘निर्णयसिन्धु’ ग्रन्थमै ‘उपाकर्म’ वेदाध्ययनसँग सम्वद्ध शब्द हो, प्राचीनकालमे वेदाध्ययन गर्नेहरु वर्षा वा कृषि कर्म आदिका कारण अध्ययनबाट विश्राम लिई पुनः वेदाध्ययनको काज साउन पूर्णिमादेखि आरम्भ गर्ने गर्दथे । जसलाई उपाकर्म वा उपाकृति भनिने भएकोले रक्षा बन्धन उपाकर्मको अंग नभएको ज्ञापनपत्रमा तर्क गरिएको छ ।
ग्रहणका दिन रक्षा बन्धन गर्न सकिने कुरा ‘निर्णय सिन्धु’ ग्रन्थेमा उल्लेख गरिएको तर्क राखिएको छ । ‘इदं रक्षाबन्धनं नियतकालत्वात् भद्रावज्र्यग्रहण दिने अपि कार्यं होलिकावत्’ अर्थात रक्षा बन्धन भद्रा त्याग गर्दै ग्रहणका दिन समेत गर्न सकिनेछ । साउन २३ गते ७ अगस्त नेपाली समय दिनको १०ः५३ सम्म हुने भएकोले १०ः५३ बजे उपरान्त रक्षा बन्धन मनाईने ज्ञापनपत्रमा उल्लेख छ । साउन २३ गते राति ११ः०३ मा चन्द्र ग्रहण लाग्ने भएकोले निर्णयसिन्धु अनुसार त्यसभन्दा ३ पहर अर्थात ९ घण्टा अघि दिनको २ः०३ बजेदेखि सुतक लाग्ने भएकोले उक्त अवधीमा भोजन गर्न नमिल्ने उल्लेख गरिए रक्षाबन्धनमा निषेध नगरिएको तर्क गरिएको छ ।
कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालयद्वारा प्रकाशित विश्व विद्यालय पञ्चाङ्गका प्रधान सम्पादक पं. रामचन्द्र झा, वेद विभागाध्यक्ष पं. विद्येश्वर झा, ज्योतिष विभागाध्यक्ष श्री गङ्गेश ठाकुर सहित अनेकौ विद्वानहरुको मतानुसार एहि वि.सं. २०७४ सालक रक्षाबन्धन पर्व साउन २३ गते नै हुने जनाईएको छ । मिथिलाको धर्म, संस्कृति, पर्व त्यौहारको परम्पराको रक्षा गर्दै विभिन्न वर्ग समुदायद्वारा मनाईने रक्षा बन्धन पर्वका दिन साउन २३ गते पूर्ववत् सार्वजनिक विदा दिन समेत ज्ञापनपत्रमा नेपाल सरकारसँग माग गरिएको छ । ज्ञापनपत्र बुझाउने कार्यक्रममा मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष विष्णु कुमार मण्डल समेतको विशेष उपस्थिति रहेको थियो । 

Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: