• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

तेरहौतामा प्रथम पचशिल्ड क्रिकेट प्रतियोगिता

तेरहौतामा प्रथम पचशिल्ड क्रिकेट प्रतियोगिता

बिरेन्द्र बजार १० साउन । बि एण्ड बि स्र्पोटस कल्ब बिरेन्द्र बजारद्वारा सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ तेरहौतामा प्रथम पचशिल्ड क्रिकेट प्रतियोगिता आयोजना गरेको छ ।

माध्यमिक विद्यालय तेरहौताको खेल मैदानमा मङ्गलवारदेखि शुरु भएको प्रतियोगिताको साबिक गासि तेरहौताका निवर्तमान अध्यक्ष दिपक कुमार चौधरीले ब्याटिङ तथा बडा नम्बर ६ का खरिदर गिरधर मेहताले बलिङ गरेर उद्घाटन गरेका हुन् । बि एण्ड बि स्र्पोटस कल्ब बिरेन्द्र बजारका अध्यक्ष शेरसिंह घले मगरको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथी समेत रहेका निवर्तमान गाविस अध्यक्ष दिपक कुमार चौधरी, बिशिष्ट अतिथी रुपनी गाउँपालिका वडा नम्बर ६ का खरिदार गिरधर मेहता, नेकपा एमालेका जिल्ला सदस्य शुभ नारायण यादव, राजपा सप्तरीका सदस्यहरु पृथ्बीराज दास, ओम प्रकाश मेहता लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गर्दै राज्यले भौतिक पुर्वाधारमा जस्तै खेलकुद बिकासमा समेत लगानी गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका गोबिन्द सिंह थापा मगर, एमालेका बिष्णु थापा मगर, संघीय समाजवादी फोरम नेपालका सुर्यनारायण मेहता, मनोरन्जना लौगी एजुकेशनल एकेडेमी बिरेन्द्र बजारका प्रिन्सिपल श्याम कुमार चौधरी, नेपाल पिछडावर्ग(ओविसी) महासंघ सितापुरका अध्यक्ष दिनेश प्रसाद साह, सुनिल चौधरी समेतकाले शुभकामाना मन्तब्य ब्यक्त गरे । पत्रकार बृजमान तामाङले सञ्चालन गरेको कार्यक्रमा स्वागत आयोजक टिमका कप्तान मिलेन्द्र साहले गरे ।  सप्तरीका बिभिन्न स्थानका ६ वटा टिम सहभागी पहिलो दिनको उद्घाटन खेल आयोजक बि एण्ड बि स्र्पोटस कल्ब बिरेन्द्र बजार र रुपनी च्याम्पियन कल्ब बीच हुने आयोजक समितीका सचिब मनोज थापा मगरले जानकारी दिएका छन् ।