• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

मलेसियामा सप्तरीका रामेश्वर साह हलुवाईको मृत्यु

मलेसियामा सप्तरीका रामेश्वर साह हलुवाईको मृत्यु

राजविराज, ८ साउन । वैदेशिक रोजगारीका क्रममा मलेसियामा कार्यरत सप्तरीका एक युवाको मृत्यु भएको छ ।

साबिक सिस्वा बेल्ही गाउँ विकास समितिको वडा नम्वर–६ घर भएका ३१ वर्षिय युवा रामेश्वर साह हलुवाईको शनिवार मृत्यु भएको हो । रतन साह हलुवाईका छोरा रामेश्वर शनिवार विहान साढे दश बजेको समयमा खाना खाएर कम्पनीमा काम गर्न गएका थिए । त्यसै क्रममा उनलाई छाति दुख्न थालेपछि सुपरभाइजरले चिसोपानी खानु भनेर पानी खुवाए तर सञ्चो नभएपछि केनाङ्ग–३ को देसाचेमेर्लाङ्ग किल्निक लगिएको उनका सहकर्मी विदेशी यादवले आफ्नो फेसबुक वालमा लेखेका छन् ।

ह्विलचेयरमा बसेकै अवस्थामा उनको मृत्यु भएको उनले सामाजिक सञ्जालमा तस्विरसहित घटनाबारे सूचना सार्वजनिक गरेका छन् । उक्त सूचनालाई त्यही कार्यरत पत्रकार समेत रहेका ध्रुव कुमार झालगायतले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।एकदमै गरिब परिवारमा जन्मिएका रामेश्वरका  बुवा, आमा, तीन छोरी र पाँच महिनाकी गर्भवती पत्नी रहेको जनाईएको छ । मलेसियामा सप्तरीका युवा रामेश्वरको मृत्युको घटनाबारे आफुहरुले गम्भीरतापूर्वक लिएको भन्दै शव नेपाल ल्याउनका पहल अगाडि बढाईसकिएको सुरक्षित आप्रवासन सम्वन्धी सूचना केन्द्रका प्रमुख रामप्रवेश मण्डलले जानकारी दिएका छन् ।