• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

फोरमको नगरस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न

फोरमको नगरस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न

राजविराज, ६ साउन । सङ्घीय समाजवादी फोरम नेपाल जिल्ला समितिद्वारा शुक्रवार राजविराज नगरपालिका स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरियो ।
पार्टीका जिल्ला अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षता तथा प्रदेश समिति सदस्य युसुफ अलिको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा निर्वाचन डेस्क सप्तरी संयोजक उपेन्द्र प्रसाद साह, जिल्ला सदस्य अरूण कुमार यादव, रिता शर्मा, चन्द्रिका यादव, सुनिता साहलगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पार्टीको भावी रणनीति, स्थानीय तहको निर्वाचनसहितका विषयमा प्रशिक्षण दिईएको निर्वाचन डेस्क सप्तरी संयोजक साहले जानकारी दिएका छन् ।