प्रवाहापट्टि टोलका तीन दृष्टिविहिन परिवारले पाए पक्की घर (फोटो फिचर समेत)

प्रवाहापट्टि टोलका तीन दृष्टिविहिन परिवारले पाए पक्की घर (फोटो फिचर समेत)
Sinha Tempo

सप्तरी, ५ साउन । सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ प्रवाहापट्टि टोलमा ‘जिग्री पाउण्डेशन’ ले निर्माण गरेको सुविधा सम्पन्न पक्कीे आवास बुधवार एक सम्मारोहका विच दृष्टिविहिन परिवारलाई हस्तान्तरण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवाल र हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले संयुक्त रुपमा दृष्टिविहिन आवासको उद्घाटन गरेका हुन् । कार्यक्रममा पाउण्डेशनका अध्यक्ष कुमार कट्टेल ‘जिग्री’ले दृष्टिविहिन परिवारको कष्टकर जिवनशैलीबारे विभिन्न सञ्चार माध्यममा खवर आएपछि आफुले सहयोगको हात अघि वढाएको बताए । देशका विभिन्न भागमा बसोवास गर्दैआएका सर्वसाधारण जनता अति कष्टप्रद अवस्थामा जिवन व्यतित गरिरहेको भन्दै उनीहरुलाई सहयोग गर्ने मन बनाए असम्भव नरहेको बताए । वर्तमान राजनीतिक अस्थिरताका कारण सर्वसाधारण जनताका आधारभूत आवश्यकताहरु ओझेलमा परेको भन्दै विकासीय मुद्दा प्राथमिकताकासाथ उठ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै हाँस्य कलाकार कट्टेल (धुर्मुस)ले आफुहरुले राष्ट्रकालागि काम गरिरहेको भन्दै पवित्र मनले हिमाल पहाड र तराईलाई जोडनुपर्ने आवश्यकता औंल्याए । नेपालको जुनसुकै कुनामा बस्ने नेपाली जनताको दुःख पीडामा एकले अर्कालाई मलम लगाउनुपर्नेमा जोड दिँदै उनले भने ‘हामीले मानवियताका नाताले नेपाल निर्माण गर्ने अभियानमा जुटेका छौं, यसमा सबैको सहयोग चाहिन्छ, सहयोगी मनहरु जुट्नु जरुरी छ ।
कार्यक्रममा बोल्दै युवा समाजिक अभियन्ता रमेश प्रसाद साहले राज्य अझैं जनताको आधारभूत आवश्यकता समेत पूर्ती गर्न नसकेको बताए । सर्वसाधारण जनताकालागि सुविधासम्पन्न शिक्षा, स्वास्थ्य र रोजगारीको समयस्या समाधान गर्न सके मधेशको असन्तुष्टिहरु सेलाएर जाने उनले दावी गरे ।
कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी कटवालले दृष्टिविहिन परिवारकालागि जिग्री पाण्डे प्रतिष्ठानले ठूलो गुण लगाएको भन्दै धन्यवाद दिए ।
दृष्टिविहिनकालागि भवन बनाउन प्रतिष्ठानले विभिन्न कार्यक्रम आयोजना गरी जुटाएको ३१ लाख ७० हजार ८ सय ७५ रुपैयाँ लगानी गरिएको जनाईएको छ । हाँस्य कलाकार धुर्मुसले शौचालयसहित ३ वटा पक्की घरको साँचो दृष्टिविहिन परिवारलाई हस्तान्तरण गरेका छन् । दृष्टिविहिन परिवारको घर निर्माणमा सप्तरी युथ नेपाले विशेष समन्वयकारी भूमिका निभाएका छन् ।
भवन हस्तान्तरण कार्यक्रममा हाँस्यकलाकारहरु सागर लम्साल (वले), अजुर्न घिमिरे (पाँडे), सप्तरी युथ नेपालका सचिव आयुश श्रेष्ठ, सदस्य विष्णु यादव लगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रममा भद्रगोल र मेरी बास्सै टिमका कलाकारकाहरुको समेत सहभागीता रहेको थियो ।
सोही अवसरमा कुमार कट्टेलले आफ्नो जन्म दिन समेत केक काटेर मनाएका छन् ।

 

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *