अनुरागी फिल्म्सले निर्माण गर्ने भए ‘मधेशी पुत्र–२’

अनुरागी फिल्म्सले निर्माण गर्ने भए ‘मधेशी पुत्र–२’
Nava Jyoti Saving & Credit Co-Operative Ltd.

काठमाडौं, ३ साउन । मधेशको राजनीतिक विषयवस्तुमा निर्मित ‘मधेशी पुत्र’ चलचित्रको सफलतासँगै ‘मधेशी पुत्र–२’ समेत निर्माण हुने भएको छ ।
मधेश मिडिया हाउसमा अनुरागी फिल्मस् प्रा.लि.ले मङ्गलवार आयोजना गरिएको पत्रकार सम्मेलनमा उक्त चलचित्रबारे जानकारी दिईएको हो । कार्यक्रममा चलत्रिका लेखक समेत रहेका निर्देशक निराजन मेहता (मन्जित)ले चलचित्रको पृष्ठभूमिबारे जानकारी दिएका छन् । मधेशी पुत्रको सफलता पश्चात उत्साहित भएर आफुहरु मधेशी पुत्र–२ निर्माण गर्न लागेको उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि तथा निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठले मधेशी पुत्र–२ ले मधेशको मात्र नभएर समग्र नेपालको समस्याहरुको उठान गर्ने विश्वास व्यक्त गरिन् । मधेशी पुत्र–२ का निर्माता उदित नारायण साह (अरुण), नेपाली चलचित्रका निर्देशक जनकराज खकुरेल, द्वन्द्व निर्देशक एन.बी. महर्जन, सङ्गीतकार कमल मण्डल, युवा राजनीतिकर्मी प्रवीण लाभ लगायतले मधेशी पुत्र–२ को सफलताको कामना गरे । कार्यक्रम सञ्चालन देव मेहताले गरेको लेखक एवम् निर्देशक मेहताले जानकारी दिएका छन् ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *