सय महिला ग्राहकलाई सनराईज बैंकद्वारा लगाईयो मेहंदी

सय महिला ग्राहकलाई सनराईज बैंकद्वारा लगाईयो मेहंदी
Nava Jyoti Saving & Credit Co-Operative Ltd.

राजविराज, ३ साउन । विगतका वर्षहरु झैं यसवर्ष समेत सप्तरीको पहिलो निजी ब्यापारिक बैंक सनराईजको राजविराज शाखाले मङ्गलवार मेंहदी उत्सव आयोजना गरेको छ ।
बिहान १० देखि साँझ ४ बजेसम्म चलेको मेहंदी उत्सवमा एक सय बढी महिला ग्राहक र उनीहरुको साथमा बैंक आएकी महिलाहरुलाई निःशुल्क मेहंदी लगाईदिएको बैंककी भावना राउतले बताईन् ।
सनराईज बैंकको विभिन्न ७१ वटा शाखाहरुमा साउन मसान्तभरि मेंहदी उत्सव मनाउने गरिएको राजविराज शाखाका प्रमुख रोहित महासेठले बताए । उनका अनुसार राजविराज शाखामा मेहंदी लगाउन आउनुहुने महिला ग्राहक तथा उनीहरुको महिला साथीहरुलाई मेहंदी लगाईदिन तालिमप्राप्त तीन जना खटिएका थिए ।
सनराईजमा मात्रै नभई कुनै पनि बैंकमा महिलाको नाममा खाता हुनुपर्ने भनि चेतना जगाउन पनि आफूहरुले यस्तो कार्यक्रम आयोजना गरिरहेको शाखा प्रमुख महासेठको भनाई छ । महिलाहरुले बैंकमा खाता सञ्चालन गरी रकम बचत गर्ने अभियान हरेक सप्तरीबासीले आफ्नो घरबाट सुरुवात गर्नुपर्ने शाखा प्रमुख महासेठले बताए ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *