गायक एवम् मोडेल चिकित्सक झाले मनाए आफ्नो जन्म दिन

गायक एवम् मोडेल चिकित्सक झाले मनाए आफ्नो जन्म दिन
Nava Jyoti Saving & Credit Co-Operative Ltd.

राजविराज । राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा कार्यरत डा. रञ्जित झाले सोमवार साङ्गितिक माहौलका बीच आफ्नो जन्म दिन मनाएका छन् ।
उनले राजविराज स्थित आफ्नै क्लिनिकको सभाहलमा आयोजित कार्यक्रमका बीच जन्म दिन मनाएका हुन् । चिकित्सक पेशा बाहेक कला क्षेत्रमा समेत छुट्टै पहिचान बनाएका उनले ४० वर्ष पुरा गरी ४१ औं वर्ष प्रवेशको अवसरमा अस्पतालका सहकर्मी चिकित्सक तथा कलाक्षेत्रका चर्चित व्यक्तित्वहरुको जमघटमा जन्म दिन मनाएका छन् ।
मैथिली तथा नेपाली गीतहरुमा गायक, सङ्गीतकार र मोडेलको रुपमा काम गर्दै आएका डा. झाले बिना तडक–भडक केक काटेर आफ्ना बाबा–आमालाई केक खुवाएका छन् । तत्पश्चात सहकर्मी तथा कलाक्षेत्रका व्यक्तित्वहरुलाई केक खुवाउँदै जन्म दिन मनाएका छन् ।
डा. झालाई बधाई एवम् शुभकामना दिन अञ्चल अस्पतालका डा. टेकनारायण मण्डलसहितका चिकित्सहरुका साथै राजनीतिकर्मी दिपेन्द्र चौधरी समेत पुगेका थिए । यसैगरी वरिष्ठ सङ्गीतकार शैलेन्द्र विश्वकर्मा, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, जननी फिल्म्स प्रा.लि.की अध्यक्ष नायिका डोली सरकार, प्रसिद्ध तबलावादक कुमार बब्लु, चर्चित गायिका अन्जु यादवलगायतले डा. झालाई जन्मदिनको शुभकामना दिएका छन् । जन्म दिन मनाउने क्रममा केहीबेर डा. झाले नेपाली, मैथिली तथा हिन्दी गीत प्रस्तुत गरेका थिए । उनले आफु सप्तरी बसाईका क्रममा गीत सङ्गीत क्षेत्रमा समेत समय निकालेर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले गाएका मैथिली गीतहरुमा नयाँपन रहेको छ ।
शिक्षण अस्पताल काठमाण्डौबाट एमडी गरेका कार्डियो एवम् डाइविटोलोजिष्ट डा. झा गत मंसिर २७ गते काठमाण्डौ स्थित वीर अस्पतालबाट स्थायी दरबन्दीमा राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल आएका थिए । उनी यस अघि वीर अस्पतालमा विगत साढे चार वर्षदेखि नेशनल एकेडेमी अफ मेडिकल साइन्समा एमडी अध्ययनरत विद्यार्थीहरुलाई अध्यापनका साथै सोही अस्पतालमा सेवा प्रदान गर्दैआएका थिए ।
राजविराज नगरपालिका–२ निवासी डा. झा २०६३ सालमा सरकारी सेवामा प्रवेश गरी छात्रवृतिमा दिल्ली स्थित एपोलो अस्पतालबाट डाइबिटीज, कार्डियोलोजिष्ट, आइसियु, मेडिसिन विषयमा अध्ययन समेत गरिसकेका छन् । डा. झाले हालसम्म दुई दर्जन भन्दा बढी मैथिली तथा एक दर्जन जति नेपाली गीत गाईसकेका छन् । उनले आधा दर्जन म्युजिक भिडियोहरुमा समेत मोडलिङ्ग गरिसकेका छन् ।

 

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *