• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

मलेठ घटनाको प्रतिवेदन नश्लवादी चिन्तनबाट ग्रसितः अध्यक्ष यादव

मलेठ घटनाको प्रतिवेदन नश्लवादी चिन्तनबाट ग्रसितः अध्यक्ष यादव

राजविराज, ३० असार । संघीय समाजवादी फोरम नेपालका सप्तरी जिल्ला अध्यक्ष दिनेश कुमार यादवले राष्ट्रिय मानव अधिकार आयोगलाई बुझाईएको प्रतिवेदनप्रति गम्भीर आपति जनाएका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आपति जनाएका हुन् । आयोगद्वारा गठित छानविन समितिको प्रतिवेदन नश्लवादी चिन्तनबाट ग्रसित रहेको बताउँदै तथ्यलाई बङ्याएर स्वेत झुठो एवम् मनगढन्ते कुरा उल्लेख गरेर सरकारको पृष्ठपोषण मात्र गरेको उनले आरोप लगाए ।
एमालेका केन्द्रीय सदस्य सुमन प्याकुरेल र कुनै बेला उनीसँगै एमालेमा काम गरेर घटनाका बेला मोर्चा सप्तरीका संयोजक दिनेश यादवबीचको व्यक्तिगत द्वन्द्वले पनि घटनाको जग निर्माण गरेको भनी प्रतिवेदनमा उल्लेख गरिएको कुराले आफु आश्चर्यचकित भएको बताउँदै उनले भने ‘मधेशी जनताको अधिकारप्राप्तिको आन्दोलनका क्रममा भएको मलेठ घटनालाई बङ्याएर हुँदै नभएको मनगढन्ते कुराहरु राखिएको छ ।
एमाले केन्द्रीय सदस्य सुमन प्याकुरेल र कुनै बेला उनीसँगै एमालेमा काम गरेर घटनाका बेला मोर्चा सप्तरीका संयोजक दिनेश यादवबीचको व्यक्तिगत द्वन्द्वले पनि घटनाको जग निर्माण गरेको प्रतिवेदनमा उल्लेख हुनुले उच्चस्तरीय छानविन समितिको दुरदर्शिता र क्षमतामाथि नै शंका उब्जाएको उनले टिप्पणी गरे । छानविन समितिको प्रतिवेदनको तथ्यप्रति आक्रोश व्यक्त गर्दै उनले भने ‘एमाले नेता सुमन प्याकुरेल र म बीच त्यस्तो कुनै मतमतान्तर छैन, वहाँ र मेरो घर एकै ठाउँमा छ, राजनीतिक रुपमा विचारमा भिन्नता हुनु स्वाभाविक हो ।’
मलेठ घटनाको वास्तविकता आन्दोलनका क्रममा खिंचिएका भिडियो तथा तस्विरहरुले पुष्टि गरिसकेको तथा अन्तर्राष्ट्रिय स्तरमा समेत जगजाहेर रहेको घटनालाई अर्कैतर्फ मोडेर सरकारी पक्षको बचाउ गर्ने काम गरेको भन्दै फोरम अध्यक्ष यादवले मनगढन्ते प्रतिवेदनको औचित्य नरहेको बताए । मानव अधिकार आयोगद्वारा मलेठ घटना छानबिन गर्न पूर्वन्यायाधीश ताहिर अली अन्सारी नेतृत्वमा चार सदस्यीय उच्चस्तरीय समितिले आयोगलाई बुझाएको प्रतिवेदनको विषयमा हाल सार्वजनिक भएका तथ्यहरु समेत गलत रहेको भन्दै घटनाको सत्यतथ्य छानबिन हुनुपर्नेमा उनले जोड दिए ।
पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरम नेपालका पूर्व सचिव एवम् सदस्य उमेश कुमार यादव, पूर्व सह–सचिव उपेन्द्र साह, जिल्ला सदस्य केदार यादवलगायतको उपस्थिति रहेको थियो ।