वुद्धिजिविहरु भन्छन् ‘मधेशी एसपीहरुलाई हेडक्वाटर तानिनु विभेदपूर्ण’

वुद्धिजिविहरु भन्छन् ‘मधेशी एसपीहरुलाई हेडक्वाटर तानिनु विभेदपूर्ण’
Sinha Tempo

राजविराज, २९ असार । नेपाल प्रहरीमा औंलामा गन्न सकिने सङ्ख्यामा रहेका मधेशी अधिकृतहरुलाई निरुत्साहित गर्ने नियतले गृहमन्त्रालय अगाडि बढिरहेको कुराको पुष्टि पछिल्लो कार्यशैलीबाट पुष्टि भएको छ ।
विभिन्न कारण देखाई जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्धिवेदी र पर्साका प्रहरी उपरीक्षक गोविन्द साहलाई केही दिन अघि मात्र हेडक्वाटर बोलाईएको हो । सप्तरीको मलेठमा गत फागुन २३ गते पाँच जनाको हत्या तथा करिब दुई दर्जन घाइते भएपछि स्थिति बन्न पुगेको थियो । अत्यन्तै सम्वेदनशील अवस्थामा तत्कालिन प्रमुख जिल्ला अधिकारी उद्धव प्रसाद तिमिल्सिना, सशस्त्र प्रहरी उपरीक्षक जयवहादुर खड्का र प्रहरी उपरीक्षक दिवेश लोहनीलाई हेडक्वाटर तानिएको थियो । तत्कालिन अवस्थामा स्थिति साम्य पार्न मधेशी मूलका एसपी द्विवेदीलाई पठाईएको थियो । प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर कट्वाल, सशस्त्र प्रहरी उपरीक्षक रामाआधार यादव र एसपी द्विवेदीको संयमता र कार्यकौशलताका कारण स्थितिलाई थप उत्तेजित हुनबाट जोगिएको थियो ।
मृदुभाषी स्वाभावका उनले सुरक्षा निकाय र सर्वसाधारण जनता बीचको सम्वन्धमा मलम पट्टी गर्ने काम गरेको थियो । मलेठ घटना लगत्तै सम्वेदनशील अवस्थामा आएका सुरक्षा प्रमुखहरुको भूमिकाको वौद्धिक जमात चर्चा भईरहेको अवस्थामा प्रहरी उपरीक्षक द्विवेदीलाई हेडक्वाटर बोलाएर मनोबल गिराउने काम गरेको भन्दै सर्वत्र आलोचना भईरहेको छ ।
प्रदेश नम्वर–२ को पूर्वमा सप्तरीका प्रहरी उपरीक्षक द्विवेदी तथा पश्चिमी अन्तिम सिमाना पर्ने पर्साका प्रहरी उपरीक्षक साहलाई एकै पटक हेडक्वाटर तानिनुले मधेशीमाथिको विभेदपूर्ण व्यवहारको पुष्टि भएको नागरिक सञ्जाल सप्तरीका संयोजक सुखराम यादव बताउँछन् । नेपाल प्रहरीमा नाम मात्रको सङ्ख्यामा रहेका प्रहरी अधिकृतहरुलाई झिकाउनुले मनोबल गिराउने काम भएको उनको टिप्पणी छ ।
समाजमा हुने विभिन्न खाले अपराध नियन्त्रणका लागि जनताको बस्ती भेटघाट र नागरिक सुनुवाई कार्यव्रmम तीव्र बनाउँदै गएको अवस्थामा उनीमाथि गृहमन्त्रालय खनिनुले नियत ठिक नरहेको प्रा. अमरकान्त झा बताउँछन् । करिब ४ महिनाको छोटो अवधीमै उनी जिल्लाको शान्ति सुरक्षामा उल्लेखनीय सुधार ल्याउन सफल भईरहेको सीमा क्षेत्रबाट हुने चोरी, निकासी, होटल, रेष्टुरेन्टमा हुने गरेको यौन ब्यवसाय, बन्धकमा परिएका मजदुरहरुको उद्धार, चोरी, लुटपाट तथा भूमिगत संगठनहरुद्वारा चलाएको चन्दा र बम आतंक लगायतका घटना रोक्न र त्यस्ता कार्यमा संलग्न अपराधिहरुलाई कानूनको फन्दामा ल्याउन सफल भईरहेकै अवस्थामा द्विवेदीलाई प्रोत्साहन गर्नुपर्नेमा कार्वाही गरी शाख गिराउने षडयन्त्र भईरहेको उनको तर्क छ ।
विहारमा मदिरा प्रतिबन्ध गरिएपछि अवैध मदिरा ओसार पोसार रोक्न सीमाक्षेत्रमा प्रहरी सव्रिmयता समेत बढाएका थिए । फलस्वरुप अवैध रुपमा ओसार पोसार हुने मदिरा ठुलो परिमाणमा जफत गर्नुका साथै अवैध रक्सी भट्ठीहरु पनि धमाधम बन्द हुन थालेको थियो । जसकारण तस्करहरुको निन्द्रा हरेको थियो । प्रहरी सव्रिmयता बढेपछि तस्करी समस्यामा पनि धेरै हदसम्म सुधार देखिएको छ । जिल्लामा बाढीको कहर रहेको अवस्थामा राहत तथा उद्धार कार्यमा खटिरहेकै अवस्थामा हेडक्वाटर तानेर सरकारले अन्याय गरिरहेको उनी बताउँछन् ।
कतिपय सत्तासिन दलका नेता र त्यस्तै तस्करी कार्यलाई प्रोत्साहन गर्ने केही पहुँचवाला व्यक्तित्वहरुले पचाउन सकेका थिएनन् । सत्तासिन दलका स्थानीय केही नेताहरु समेत आसन्न स्थानीय तहको निर्वाचनलाई आप्mनो अनुकुल बनाउन एसपी द्विवेदी बाधक बन्न सक्ने अनुमानसहित सरुवा गराउन शक्ति केन्द्रहरुमा व्यापक दवाव दिँदैआएको खुल्न आएको छ ।
उनीमाथि जिल्लामा तस्करी बढाएको आरोप रहेको श्रोत जनाएको छ । तर सिमामा सशस्त्र प्रहरी समेत रहेको अवस्थामा नेपाल प्रहरी मात्रकै आडमा कसरी तस्करी बढ्यो भने तर्क वुद्धिजिजिविहरुको रहेको छ । उनले तस्करी बढाएकै भए पनि विशेष छानबिन गरेर अनुसन्धान गर्नसक्ने अवस्था रहँदा–रहँदै एसपी द्विवेदीमाथि अन्याय भएको भन्दै नागरिक समाज, युवा, व्यवसायी समेतले गृहमन्त्रालयको समेत ध्यानाकर्षण गराएका छन् ।
एक सातादेखि जिल्लाबाट बोलाएर हेडक्वाटरमा राखेको तथा बोलाउनुको स्पष्ट कारण समेत नबताई मनोबल गिराउने काम भईरहेको भन्दै पर्साका प्रहरी उपरीक्षक द्विवेदी र साहले राजीनामा दिने तयारी गरिरहेको श्रोतले जनाएको छ । एक सातादेखि प्रहरी महानिरिक्षकलाई भेट्न खोजे पनि समय नदिएको अवस्थामा पर्सामा सुदिप गिरी र सप्तरीमा नयाँ एसपी मुकेश सिंहलाई पठाउने निर्णय पश्चात उनीहरु राजिनामासम्म दिने तयारी गरिरहेको जनाईएको छ ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *