चार सय बाउन्न हरुवा–चरुवा बालवालिकाहरुलाई छात्रवृति

चार सय बाउन्न हरुवा–चरुवा बालवालिकाहरुलाई छात्रवृति
Bwtech New Add With Software & Bull SMS

राजविराज, २९ असार । सप्तरी जिल्लाको को.बर्साईन, कोइलाडी, ठेलिया र धरमपुर गाविसका ४ सय ५२ जना हरुवा–चरुवा बालवालिकाहरुलाई मानव अधिकार तथा ग्रामीण युवा परिवर्तन(हुर्क)नेपाल तथा तपेश्वरी समाज कल्याण संघ राजविराजद्वारा छात्रवृति वितरण गरिएको छ ।
आयोजक संस्थाका सञ्चालक समिति अध्यक्ष पार्थो सरकारले उक्त छात्रवृत्ति वितरण गरेका हुन् । द फ्रीडम फण्डको सहयोगमा वालवालिकाहरुलाई एक सेट सर्ट, पैन्ट, सल, सुरुवाल, १२ थान कपी, १२ पिस पेन्सिल, ६ थान ईरेजर र ३ थान कटर वितरण गरिएको छ ।
कार्यक्रममा हरुवाचरुवा कार्यक्रम संयोजक प्रदिप कुमार जोशी, सुपरभाइजर पंकज कुमार सरकार, लेखापाल मेनका रश्मी, सहजकर्ताहरु ब्रहमानन्द रजक, दिपक कुमार सिंह, संतोष मुखिया, ज्योति सिंह, गिता मण्डल, राम कुमार राम तथा स्थानीय हरुवा–चरुवा समुहका अभिभावक समेतको उपस्थिति रहेको थियो ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *