• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

नव ज्योत सहकारीको नयाँ मनी ट्रान्सफर काउण्टर

नव ज्योत सहकारीको नयाँ मनी ट्रान्सफर काउण्टर

राजविराज, २८ असार । राजविराज नगरपालिका–८ (साविक वडा नम्वर–५) मदननगरमा नव ज्योत बचत तथा ऋण सहकारी सहकारी संस्थाले मनी ट्रान्सफर काउण्टर बुधबारदेखि सञ्चालनमा ल्याएको छ ।

पर्साही जाने मुख्य बाटोमा उक्त काउण्टर सञ्चालनमा ल्याएको हो । जिल्ला सहकारी संघ सप्तरीका व्यवस्थापक रमेश कुमार गुप्ताले एक कार्यक्रमका बीच काउण्टरको उद्घाटन गर्दै संस्थाले छोटो समयमा गरेको प्रगती अनुकरणीय रहेको बताए । सामान्य फुसको झुप्रोबाट शुरु भएको उक्त संस्थाले ग्रामिण जनतालाई लक्षित गरी सञ्चालन गरिरहेको बचत तथा ऋण लगानीका साथै मनी ट्रान्सफर सेवाले समेत सर्वसाधारण जनतालाई राहत पुरयाउनेमा विश्वास व्यक्त गरे । नेपाल पत्रकार महासंघ शाखा सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवले सदरमुकामदेखि पश्चिमी भेगका वासिन्दालाई मनी ट्रान्सफर सेवा सहयोग मिल्ने विश्वास व्यक्त गरे ।

संस्थाले गरिरहेको प्रगतीको प्रशंसा गर्दै थप जिम्मेवार भएर आम जनताको मन जितेर जिल्लाको नमूना संस्था बनाउनुपर्नेमा उनले जोड दिए । उद्घाटनका अवसरमा संस्थाका सल्लाहकार ऋषिकान्त ठाकुर, पत्रकार धर्मपाल राउत, गङ्गाराम ईशर, पाटक मियाँलगायतले मन्तव्य व्यक्त गरे । संस्थाका अध्यक्ष नरसिंह यादवको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको सञ्चालन शिवानी सप्तरीयाले. गरे । सोही अवसरमा संस्थाद्वारा सञ्चालित समूहहरुमा उत्कृष्ट काम गर्ने थल्हीकी महिला सकिला खातुन र जुवेदा खातुनलाई संस्थाका अध्यक्ष यादवले चाँदीको मेडलसहित पुरस्कृत गरेका छन् ।