रघुनाथपुरका विस्थापित परिवारलाई धर्मीहल्फाद्वारा राहत

रघुनाथपुरका विस्थापित परिवारलाई धर्मीहल्फाद्वारा राहत
Bwtech New Add With Software & Bull SMS

राजविराज, २८ असार । धर्मीहल्फा क्लबले बाढीका कारण विस्थापित कञ्चनरुप नगरपालिका वडा नम्बर ९ रघुनाथपुरका परिवारलाई राहत वितरण गरेका छन् ।

धर्मीहल्फा महिला विकास क्लब लालापट्टीले हेल्प नेपाल नेटवर्क काठमाडौंको सहयोगमा बाढीपीडित परिवारलाई राहत स्वरुप प्रति परिवार त्रिपाल १ थान, धोती २ थान, साडी २ थान, बेडसिट २ थान, झुल २ थान, टि–सर्ट २ थान, फ्राक ३ थान, भेष्ट ४ थान, क्याप ३ थान, थाल ५ थान, ग्लास ५ थान, कराही १ थान, डेक्ची १ थान, पैन्यू १ थान र चामल च्यूरा र मुरही (भूजा) लगायतका खाद्यान्न वितरण गरेको छ । संस्थाको अध्यक्ष एवम् समाजसेवी ईन्जिनियर सूर्यनारायण यादव, कान्तिपुरकर्मी पत्रकार रामनारायण विश्वास, समाजसेवी दिपक कुमार यादव, समाजसेविकाद्वय अमृता साह र नलिनी साहले राहत वितरण गरेका थिए । बाढीका कारण रामकिसुन यादव, गोविन्द यादव, देबु यादव, नवल यादव, अवधि यादव, राज कुमार यादव, रामकृष्ण यादव, उपेन्द्र यादव, राजेन्द्र यादव, देवीलाल यादव, जुगति यादव, बसन्त यादव, पवित्रा देवी, चन्द्रिका देवी, विना देवी, पानो देवी लगायतका परिवारलाई राहत प्रदान गरिएको छ ।

Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: