• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

जनकपुरको संयुक्त मधेश संघर्ष समितिद्वारा बाढी पीडितलाई राहत

जनकपुरको संयुक्त मधेश संघर्ष समितिद्वारा बाढी पीडितलाई राहत

राजविराज, २५ असार । एक हप्ता यता सप्तरीमा आएको वाढीबाट पिडित परिवारलाई जनकपुरको सक्रिय संयुक्त मधेश संघर्ष समितिद्वारा राहत प्रदान गरिएको छ ।
शनिवार समितिका पदाधिकारीहरु आफै सप्तरी पुगेर त्यहाँको मैनाकडेरी र रधुनाथपुरका पिडित परिवारलाई राहत स्वरुप विभिन्न साम्रगीहरु बाँडेका हुन् । समितिले सामाजिक सञ्जाल मार्फत देश र विदेशमा रहेका आम मधेशी समुदायलाई सप्तरीका बाढी पिडितहरुलाई सहयोग गर्न अपिल गर्दै आएका छन् ।
शनिवार समितिका संयोजक धर्मेन्द्र साह, सह–संयोजक सरोज मिश्रा सहितको टोली सप्तरी पुगेर र राहत विरतण गरेको समितिका सल्लाहकार मनोज साहले बताए । मधेश अधिकार संघर्ष समिती मधेश आन्दोलनमा युवाहरुको प्रतिनीधित्व गर्ने चर्चित संस्था हो ।
समितीका सल्लाहकार साहका अनुसार शनिवार समितीले सप्तरीमा ५ लाख बराबरको त्रिपाल, ओछ्याउने फोम, लताकपडा सहित औषधी समेत बाँडेका थिए । समितिले अझैं पनि राहत संकलन कार्य जारी गरेको फेरी अर्को हप्तासम्म जम्मा भएको राहत साम्रगी बाँडने तयारी भईरहेको साहको भनाई छ ।
समितिलाई जनकपुरका व्यापारीदेखि काठमाडौमा रहेका मधेशी समुदाय सहित विदेशमा काम गर्दै आएका मधेशी नागरिकहरु आर्थिक र जिन्सी सहयोग गरेको समितिले जनाएको छ । देश तथा विदेशवाट अझै पनि राहत आउने क्रम जारी रहेको समितीको भनाई छ ।
केहि महिना अघि मलेठमा भएको प्रर्दशनको क्रममा मारिएका ५ जना मधेशी सहिद परिवारलाई समेत संर्घष समितीले सहयोग गरेको थियो । मलेठ समेत वाढी पिडितवाट प्रभावित भएको छ । संयुक्त मधेश संघर्ष समितीले मलेठमा ५० थान त्रिपाल बाँडदै सहिद परिवार मध्येका एक जना बच्चालाई उच्च माध्यमिक तहसम्मको शिक्षाको खर्च यसै बर्षदेखि व्योहोर्ने घोषणा गरेका थिए ।