• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

बालसंसार

वालवालिकाहरुको माग सम्वोधन गर्न सञ्जालद्वारा आग्रह

वालवालिकाहरुको माग सम्वोधन गर्न सञ्जालद्वारा आग्रह

राजविराज, २५ असार । सप्तरी जिल्लामा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान हुनुपर्ने माग राख्दै रिले अनसनमा बसेका वालवालिकाहरुको माग अविलम्व सम्बोधन गर्न बाल क्लव सञ्जालले सम्वन्धित पक्षसँग आग्रह गरेका छन् ।
राजविराज स्थित गजेन्द्र चौक परिसरमा लाली गुराँस वाल क्लवको अगुवाईमा रिले अनशनमा बस्दैआएका छन् । रिले अनसनमा बसेका वालवालिकाहरुको माग अविलम्व सम्वोधन गर्न जिल्ला वाल क्लव सञ्जाल सप्तरीका अध्यक्ष अमर यादव, नगर स्तरीय वाल सञ्जाल राजविराजका अध्यक्ष आशिष गुप्ता र नगरस्तरीय वाल सञ्जाल राजविराजका सचिव सौरभ यादवले आइतवार पत्रकार सम्मेलनमार्फत यस्तो आग्रह गरेका हुन् । लाली गुराँस वाल क्लवको मागलाई बेवास्ता गरे आफुहरु समेत सशक्त रुपमा प्रस्तुत हुने चेतावनी समेत उनीहरुले दिएका छन् ।
पाठयपुस्तक समयमै उपलब्ध गराउनु पर्ने, पाठ्यपुस्तकको मनपरी मुल्य नियन्त्रण गर्नुपर्ने, बन्द हडतालवाट विद्यालयलाई अलग गरेर राख्नु पर्ने, रजिष्ट्रेशन र परीक्षा शुल्क निःशुल्क गरिनु पर्ने, मदरसाहरुलाई अन्य सरकारी विद्यालय सरह सेवा सुविधा उपलब्ध गराउनु पर्ने लगायतका १४ वुँदे माग राख्दै उनीहरुले शनिवारदेखि रिले अनसनलाई निरन्तरता दिँदैआएका छन् । शैक्षिक क्षेत्रका समस्या समाधान गर्न यस अघि जेठ २५ गते प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री र शिक्षा मन्त्रीलाई ज्ञापन पत्र पठाउँदा पनि वास्ता नगरेकोले बाध्य भएर आफुहरु रिले अनसन बसेको अन्सारीले बताए ।