Top_Header_Right_Add

    मैथिली साहित्य परिषद्द्वारा राजविराजमा साहित्यिक गोष्ठि

    मैथिली साहित्य परिषद्द्वारा राजविराजमा साहित्यिक गोष्ठि

राजविराज, २४ असार । मैथिली साहित्य परिषद् राजविराजद्वारा शनिवार साहित्यिक गोष्ठि आयोजना गरियो ।  मैथिली भवनमा आयोजित साहित्यिक गोष्ठिमा वाचन गरिएका अधिकांश रचनाहरु बाढीप्रकोप, वर्षा, सामाजिक उत्पीडन, वालविवाह, दाइजो प्रथा, वालश्रम, प्रकृति, राजनीति, भाषासहितको विषयमा केन्द्रित रहेको थियो ।

संस्थाका अध्यक्ष अशोक कुमार झाको अध्यक्षतामा तथा साहित्यकार रामनारायण देवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा साहित्यकारहरु प्रा. मिथिलेश कुमार यादव, मञ्जु श्रेष्ठ, करुणा झा, साधना झा, वन्दना मिश्र ‘मधु’, मनोहर कुमार पोखरेल, कमला भन्साली, सुमित्रा दास, कञ्चन झा, श्रीराम कुमार मण्डल ‘भरोसी’, कमल मण्डल, विद्या झा ‘डैजी’, ललिता कुमारी झालगायतले रचना वाचन गरे । सोही अवसरमा बोल्दै प्रमुख अतिथि साहित्यकार रामनारायण देवले नयाँ साहित्यकारहरुलाई प्रोत्साहन गर्न साहित्यिक गोष्ठिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले मैथिली भाषा–साहित्यको प्रवद्र्धनका साथै मैथिलीलाई कामकाजी भाषाको रुपमा कार्यान्वयन गर्नु आ–आफ्नो स्थानबाट सशक्त भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए । सोही अवसरमा पत्रकार सन्तोष कुमार चौधरी, सगरमाथा साहित्य परिषदका अध्यक्ष मनोहर कुमार पोखरेल, परिषद्का सल्लाहकार राजेन्द्र प्रसाद देव, परिषद्का उपाध्यक्ष सतिश कुमार दत्त, सह–सचिव रामअधिन साह, सदस्य अजय कुमार झालगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रममा स्वागत मन्तव्य परिषद्का कोषाध्यक्ष पंकज कुमार झा तथा सञ्चालन सचिव श्यामसुन्दर यादवले गरे । साहित्यिक गोष्ठिमा सहभागिता बढाउनुका साथै मासिक रुपमा कार्यक्रम आयोजना गरिने परिषद्का अध्यक्ष झाले प्रतिवद्धता व्यक्त गरे ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।