दलित कुटपीट घटनाको  सर्वत्र भत्र्सना, दोषीलाई कडा कार्वाहीको माग

दलित कुटपीट घटनाको  सर्वत्र भत्र्सना, दोषीलाई कडा कार्वाहीको माग
Bwtech New Add With Software & Bull SMS

राजविराज, १५ असार । सप्तरीको वोदेवर्साइन नगरपालिका–६ का ४२ वर्षिय लिलाधर दास (तत्मा)लाई डिहवार थान (मन्दिर) छोएको निहुँमा गरिएको कुटपीट घटनाप्रति विभिन्न संघ–संस्थाले भत्र्सना गरेको छ ।

दलित सरोकार मञ्च नेपालका अध्यक्ष युक्तिलाल मरिक, दलित सेवा संघ शाखा सप्तरीका दिपेन्द्र पासवान, उत्पीडित दलित समाजका राजेश राम, इन्सेक प्रतिनीधि मनोहर पोखरेल, जनचेतना दलित सङ्गमका ईन्द्र राम, मधेशी दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष विशेश्वर रजक, दलित गैर सरकारी संस्था नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ  सप्तरीका पशुपति मण्डललगायतले विहीवार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको भत्र्सना गरेका हुन् । दलित भएकै कारण मन्दिरमा पूजा गर्न बन्देज लगाउनुको साथै कुटपीट समेत गरेको भन्दै लिलाधर र उनकी पत्नी दुखनी घाइते भएकोले घटनाको दोषीमाथि कडा कार्वाही गर्न प्रेस विज्ञप्तिमा माग गरिएको छ ।

देश पटक–पटक छुवाछुतमुक्त घोषणा भएको, जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन, २०६८ को दफा ४ को उपदफा (२) अनुसार कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात, वंश, समुदाय वा पेशाका आधारमा जातीय भेदभाव वा छुवाछुत गरी सार्वजनिक वा निजी स्थानमा प्रवेश गर्न, उपस्थित हुन वा भाग लिन निषेध गर्ने वा कुनै किसिमले रोक, नियन्त्रण वा प्रतिबन्ध लगाउन नहुने व्यवस्था रहे पनि निन्दनीय घटना भएको भन्दै दोषीलाई कार्वाही र पीडितलाई क्षतिपूर्ती उपलब्ध गराउन माग गरिएको छ । यस्तो निन्दनीय घटनाका ।स्थानीय डिहिवार थानमा हुने ‘असारी पुजा’ गर्न पुगेका दासमाथि स्थानीयवासी राजकुमार यादव, कासिन्द्र यादव, रामचन्द्र यादव, सकलदेव यादव, जितेन्द्र साहलगायतका ब्यक्तिहरुले आक्रमण गरेको पीडितको आरोप छ ।

कुटपिटबाट उनको देव्रे हात भाँचिएको छ भने शरिरका अन्य विभिन्न भागमा चोट लागेको छ । राजविराजमा उनको उपचार हुन नसक्ने भएपछि धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ । अन्धाधुन्ध कुटपिट गर्न थालेपछि केही युवाहरुले आफुलाई आक्रमणकारीवाट छुटाएर ज्यान वचाई दिएको पिडित दासको भनाइ छ । घटनापछि आफुले ईलाका प्रहरी कार्यालय वोदेवर्साइनमा उजुरी समेत दिएको बताउँदै उनले प्रहरीले घटनामा खासै चासो नदिएको आरोप समेत लगाए । पीडितको उजुरीका आधारमा कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिई आवश्यक प्रकृया अघि बढाईएको इलाका प्रहरी कार्यालय वोदेवरसाईनका ईन्चार्ज सई उमाशंकर सिंहले जानकारी दिए । घटना हुनुमा पुजाभन्दा पनि राजनितिक कारण देखिएकाले दुवै पक्षलाई राखेर छलफल मार्फत समस्या समाधानको प्रयास भईरहेको उनको भनाई छ ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *