• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

बालसंसार

परसाहीको आधारभूत विद्यालय पुर्ण विद्यालय भर्ना घोषणा

परसाहीको आधारभूत विद्यालय पुर्ण विद्यालय भर्ना घोषणा

राजविराज, १२ असार । सप्तरीको कोइलाडी मधेपुरामा स्थित आधारभूत विद्यालयलाई सोमवार एक समारोहका बीच पुर्ण विद्यालय भर्ना घोषणा गरिएको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर–६ तथा राजविराज नगरपालिका–१४ स्थित परसाहीमा विशेष समारोहका बीच जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत समेत रहेका विद्यालय निरीक्षक दिपकुमार यादवले घोषणा पत्र पढेर पुर्ण बिद्यालय घोषणा गरेका हुन् । ‘शिक्षा पाउनु सम्पुर्ण बालबालिकाको नैसर्गिक अधिकार हो’ भने नाराका साथ कार्यक्रममा बोल्दै उनले गाउँ बस्तीका सम्पूर्ण वालवालिकाहरुलाई विद्यालय भर्ना गराएर पूर्ण विद्यालय भर्ना घोषणा गरिएकोमा खुशी व्यक्त गर्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उत्साहका साथ वालवालिकाहरु विद्यालय भर्ना हुने गरे पनि बीच विद्यालय नछोडोस् यसकालागी सम्वद्ध सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिए । 
नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष फुलेश्वर कुमार मण्डलले कुनै पनि वालवालिका विद्यालयभन्दा बाहिर रहनु समाजकैलागि दुर्भाग्यपूर्ण भएको बताए । आजका वालवालिका भोलीका कर्णधार भएकोले उनीहरुको भविष्यलाई सुनिश्चित गर्नु अभिाभावकको दायित्व भएको बताउँदै उनले भने ‘वर्तमान अवस्थामा अभिभावकहरुको बढी झुकाव निजी विद्यालयतर्फ बढ्दै गएको छ तर सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा उपलब्ध हुँदाहुँदै सबै पक्षले बेवास्ता गरिएको छ ।’
राजविराज नगरपालिका कार्यालयका कार्यकारी अधिकृत उमेश कुमार यादवले सत प्रतिशत विद्यालय भर्ना गराएर उक्त विद्यालय तथा समुदायले उदाहरणीय सफलता पाएको बताए । सेभ द चिल्ड्रेन शिक्षा कार्यक्रका कार्यक्रम अधिकृत रामबहादुर साह पूर्ण विद्यालय भर्ना घोषणा गर्नमा सबैपक्षलाई धन्यवाद दिँदै निरन्तरता दिनुपर्नेमा जोड दिए ।
सेभ द सप्तरी र सेभ द चिल्ड्रेनको सहयोग तथा जिल्ला शिक्षा कार्यालयको समन्वयमा तथा वडा समितिको कार्यालय साबिक कोलाडी मधेपुरा, तिलाठी कोइलाडी गाउँपालिका हाल राजबिराज नगरपालिका १४ मा आयोजित कार्यक्रममा गैरसरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, तिलाठी कोइलाडी गाउँपालिकाका कार्यकारी अधिकृत सरोज कुमार झा, वडा सचिव राजकुमार झा, सेभ द सप्तरीका अध्यक्ष धु्रव देव, सेभ द सप्तरीका कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरी, सेभ द सप्तरीका सचिव नरेन्द्र यादव, गाउँबाल संरक्षण समितिका सदस्य गोबिन्द यादव, स्थानिय स्वास्थ्य चौकीका इञ्चार्ज बिपिन यादव, विद्यालयका प्रधानाध्यापक विजय कुमार मण्डल, शिक्षका रन्जु कुमारी, राजविराज १४ का वडा सचिव चेतनारायण यादवसहितका वक्ताहरुले मन्तव्य व्यक्त गरे ।
५ बर्ष देखि १२ बर्ष उमेर पुगेका र विद्यालय बाहिर रहेका ६ जना छात्रा र १ जना छात्र गरि ७ जना छात्र छात्रालाई विद्यालयमा भर्ना गरि सतप्रतिशत कोइलाडी मधेपुरा स्थित राष्ट्रिय प्राथमिक विद्यालयलाई पुर्ण विद्यालय भर्ना घोषणा गरिएको सेभ द सप्तरीका कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरीले जानकारी दिएका छन् । वडा सचिव अरुण कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सेभ द सप्तरीका कार्यक्रम अधिकृत घुरन यादवले सञ्चालन गरे ।
विद्यालयमा अध्ययनरत वालवालिका तथा वाल क्लवसँग आवद्ध पदाधिकारीहरुले नाटक, गीत तथा नृत्य प्रस्तुत गरेका छन् । यस अघि आइतवार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ स्थित राजेन्द्र देवकी आधारभुत विद्यालयलाई सतप्रतिशत पुर्ण बिद्यालय भर्ना घोषणा गरिएको थियो ।