• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

मुस्लिम समुदायद्वारा भव्यताका साथ मनाईदैछ ईद उल फित्र

मुस्लिम समुदायद्वारा भव्यताका साथ मनाईदैछ ईद उल  फित्र

राजविराज, १२ असार । मुस्लिम समुदायको महान पर्व ईद उल फित्र (ईद) सप्तरी सहित देशैभरी सोमवार (आज) भव्यताका साथ मनाइदैछ ।  ईदको अवसरमा राजविराज–३ स्थित नुरी जामा मस्जिदमा विहानैदेखि शुभकामना आदान–प्रदानको क्रम शुरुवात भएको छ ।

संसारको पश्चिमी गोलाद्र्धका मुस्लिम समुदायले आइतवार नै ईद मनाए पूर्वी गोलाद्र्धमा सोमवार मनाईदैछ । एक महिनाको लामो दैनिक रोजा (उपवास) पछि ईदको घोषणा भएपछि मस्जिद तथा वरपर ईदको माहौलमा रौनकता छाएको छ । आफन्तजनले एक–अर्काको गला मिलाएर ईद मुबारक भन्दै शुभकामना आदान–प्रदान गर्ने क्रम शुरुवात भएको छ ।

नुरी जामा मस्जिद तथा आसपासका क्षेत्रमा व्यापक साज–सज्जा गरी सजाईएको छ  ईस्लाम धर्मको पाँच स्तम्भमध्ये रमजान एक हो, यसपर्वमा सम्पन्न मुस्लिमहरुमा साढे सात  तौला सुन र साढे बाउन्न तौला चाँदी हुने व्यक्तिले गरिब समुदायलाई कुल सम्पतीको साढे दुई प्रतिशत दान गर्ने अनिवार्यता रहेको नेपाल राष्ट्रिय मुस्लिम फोरमका केन्द्रीय सचिव हासिम अन्सारीले जानकारी दिएका छन् ।

उनका अनुसार यसरी दिई दानलाई जकात भन्ने गरिन्छ । साधारण व्यक्तिले पनि रमजान महिनामा फित्रा प्रति व्यक्ति ७० रुपैयाँका दरले गरिब तथा विपन्न वर्गलाई दान दिने निर्णय भएको छ । गरिब र धनी बीचको दुरी हटाउने तथा सामाजिक भाइचार एवम् विस्तारको सन्देश दिने यो पर्वमा गरिव एवम् विपन्न वर्गलाई दान दिने अनिवार्यता रहेको छ । यस पर्वका अवसरमा मुस्लिम समुदायले घरमा विभिन्न परिकारहरु बनाएर ईष्ट मित्र तथा छरछिमेकका व्यक्तिहरुलाई बोलाएर खुवाउने गरिन्छ