पाठकको निधनमा मैथिली साहित्य परिषद्द्वारा दुःख व्यक्त

पाठकको निधनमा मैथिली साहित्य परिषद्द्वारा दुःख व्यक्त
Bwtech New Add With Software & Bull SMS

राजविराज, ३१ जेठ । सप्तरी जिलाको राजविराज नगरपालिका–५ (साविक वाड नम्वर–८) निवासी मैथिलीसेवी कुमार पाठकको अल्पायुमा हृदयाघातबाट भएको निधनप्रति मैथिली साहित्य परिषद् राजविराजले दुःख व्यक्त गरेको छ ।
परिषदको तर्फबाट अध्यक्ष प्रा. अशोक कुमार झा र सचिव श्यामसुन्दर यादवले बुधवार संयुक्त शोक समवेदना जारी गर्दै दुःख व्यक्त गरेका हुन् । ‘परिषदका आजीवन सदस्य पाठकको २०७४ जेठ २९ गते राति १ बजेको समयमा ५६ वर्षको अल्पायुमा भएको निधनबाट परिषद परिवार स्तब्ध छ’ वक्तव्यमा अगाडि भनिएको छ ‘वहाँको निधनले मैथिली भाषा, साहित्य, कला एवम् संस्कृति क्षेत्रमा अपूरणीय क्षति भएको छ । शिक्षाक्षेत्रका मूर्धन्य व्यक्तित्व पाठकद्वारा मैथिली क्षेत्रमा दिईएको योगदान एवम् मार्गदर्शन परिषदका लागि अविस्मरणीय रहने जनाईएको छ ।
दुर्गा सेकेण्ड्री स्कूलक संस्थापक प्रिन्सिपल, निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याव्सन) सप्तरीका पूर्व अध्यक्ष एवम् पूर्व केन्द्रीय सदस्य, सप्तरी सामुदायिक सेवा केन्द्रका पूर्व अध्यक्ष, लायन्स क्लवका आजीवन सदस्यसहित अन्य विविध पदीय जिमेवारीमा रहेका पाठकको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनलाई धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भनी मैथिली साहित्य परिषद परिवार प्रार्थना गरेको छ ।

 

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *