• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

बालसंसार

विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय बाल श्रम बिरुद्धको दिवस

विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय बाल श्रम बिरुद्धको दिवस

राजविराज, २९ जेठ । १६ औं अन्तर्राष्ट्रिय बाल श्रम बिरुद्धको दिवस २०१७ को अवसरमा सोमवार सप्तरीमा विभिन्न कार्यक्रम आयोजना गरि मनाईएको छ ।
राजविराज नगरपालिका कार्यालयको आयोजना वृहत सचेतना र्याली आयोजना गरियो । स्थानीय शिव मन्दिर प्राङ्गणबाट निकालिएको र्याली नगरको विभिन्न भाग परिक्रमा गरेको थियो । उक्त र्यालीमा बालश्रम र बाल विवाह विरुद्ध विभिन्न नाराहरु लगाईएको छ ।
र्याली पश्चात नगरपालिकाको सभाकक्षमा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो । नगरपालिकाका कार्यकारी अधिकृत उमेश कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, जिल्ला बाल सञ्जालका अध्यक्ष अमर यादवलगायतले मन्तव्य व्यक्त गरे । सोही कार्यक्रममा बाल क्लवका बालबालिकहरुले बालश्रम सम्वन्धी नाटक प्रदर्शन गरेका छन् ।
यसैगरी सबल नेपालद्धारा राजबिराजको अदालत रोडमा बाल श्रम बिरुद्धको बिषयमा नाटक मंचन गरिएको छ । उक्त सडक नाटकमा जिल्ला बाल सञ्जालका अध्यक्ष अमर यादवले नाटक समापन पछि नेपाल सरकारले अवलम्वन गरेको निति अनुसार नेपालमा सवै प्रकारका बालश्रमको अन्तय २०२५ सम्म गर्ने लक्ष्य रहेकोले हाल बाल श्रम बिरुद्ध कडा कानुनहरु समेत बनी सकेकोले यसलाई नलत्याई हिडन सवैलाई आग्रह गरे । नाटकमा जिल्ला बाल संजाल सप्तरीसंगको समन्वयमा सबल नेपालले रेष्टलेश डेभेलोपमेन्ट संगको साझेदारी तथा युनिसेफको सहयोगमा सञ्चालन गरेको थियो । नाटकमा जिल्ला बाल संजालका अध्यक्ष अमर यादव, उपाध्यक्ष सुरुची झा, राजबिराज नगरबाल संजालका अध्यक्ष आशिष गुप्ता लगायतले कलाकारको रुपमा नाटकको प्रस्तुती गरे ।