• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

दरवारिया शक्तिलाई परास्त गरेरै छाड्छौंः उपेन्द्र

दरवारिया शक्तिलाई परास्त गरेरै छाड्छौंः उपेन्द्र

बृजमान तामाङ/बिरेन्द्र बजार, १८ जेठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दरवारिया शक्तिसँग मिलेर मधेशको स्थानिय तह कब्जा गर्ने षड्यन्त्र भइरहेकोले यो सफल हुन नदिने बताएका छन ।
सप्तरीको कञ्चनपुरमा बिहिबार आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई संबोधन गर्दै उनले यस्तो बताएका हुन । काँग्रेस, एमाले, माओवादी केन्द्र सहितका दरवारिया शक्तिले स्थानिय तह कब्जा गरी संघियता र गणतन्त्र समाप्त गर्न खोजेको आरोप लगाए ।
संघीयता र पहिचनवादी पक्षलाई चुनावमा भाग लिन नदिन राज्यको सबै शक्ति सक्रिय रहेको उल्लेख गर्दै अध्यक्ष यादवले भने “चुनावलाई उपयोग गरी मधेशी जनताको मुद्धा स्थानिय तहमा स्थापित गर्नु पर्छ, चुनावबाट संघीयता र पहिचान बिरोधीहरुको स्थानिय तह कब्जा गर्ने षड्यन्त्र असफल पार्नु जरुरी छ” मधेशी, आदीबासी जनजाती सहितका उत्पीडित समुदायको अधिकार सुनिश्चित्ताको लागी स्थानिय तह आफ्नो पक्षमा पार्नु आबश्यक रहेको बताउदै मधेशी जनता बिरोधी पार्टीद्धारा चलाएको मधेश बिरुद्धको भ्रमको पछाडी नपर्न उनले अग्रह गरे । काँग्रेस , कम्निष्टको बैकल्पिक शक्ति फोरम नेपाल मात्र रहेको दावी गर्दै उनले चुनावमा जनमत लिई शक्ति संचित गरी अधिकार प्रातिको संर्घषलाई अगाडी बढाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा बिष्णुदेब महतोको नेतृत्वमा एमाले परित्याग गरी राजेश यादव, आन्नद यादव, सोमी मुखिया कपिल बर्दिया लगायतका २ दर्जन, माओवादी केन्द्र परित्याग गरी रोहित साह, मुनना सेख, हजरथ मंसुरी,आकुब मंसुरी, ताज मोहमद, ईजराई सेख, महमद समिद, भरत प्रसाद गुप्ता बिकास प्रसाद गुप्ता लगायतका ६ दर्जन नेता कार्यकर्ता फोरम नेपालमा प्रबेश गरेका छन ।
फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य सुर्यनाथ यादव, तराई मधेश मुख्य सचिव शम्भु झा, जिल्ला सदस्यहरु बृजमान तामाङ, रामेश्वर यादव, दिल कुमारी चौधरी लगायत क्षेत्र नम्बर १ अन्र्तगतका अगुवा नेता कार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।