एन्टाको चौथों सम्मेलन अमेरिकाको न्यूजर्सीमा सम्पन्न

एन्टाको चौथों सम्मेलन अमेरिकाको न्यूजर्सीमा सम्पन्न
Sinha Tempo

अमेरिका (न्यूयोर्क) । अमेरिकास्थित मधेशीहरुको सङ्गठन ‘एसोसिएशन अफ नेपाली तराईअन इन अमेरिका’ (एन्टा), को सम्मेलन मइ, २६, शनिवार भव्यताका साथ न्यूजर्सीमा सम्पन्न भएको छ ।
‘मधेसकालागि शान्ति र समृद्धि’ भन्ने मूल नाराका साथ सम्पन्न सम्मेलनमा अमेरिकाको करिब हरेक राज्यमा बसोबास गर्ने मधेसी समुदायको प्रतिनिधिमूलक सहभागिता रहेको थियो । जसमा एन्टा का संस्थापक नेताहरुदेखि साधारण व्यक्ति, महिला ,युवाहरु समेतको बाक्लो उपस्थिती थियो । सम्मेलनमा अमेरिकामा रहेका मधेशीहरुको बिच एक आपसमा के–कस्ता सहयोगात्मक कार्य गर्नुका साथै आफ्नो भाषा, संस्कृति, रिती रिवाजको संरक्षण र सम्वद्र्धन गर्नकालागि के–कस्ता सहयोगहरु गर्न सक्नुका साथै आफ्नो मातृभुमी नेपालमा विगत भन्दा पनि अझ प्रभावकारी र विकासमुलक के–कस्ता कार्यक्रमहरु गर्न सकिन्छ भन्ने विषयमा विभिन्न विद्वानहरुले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुका साथै आफ्नो मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा नेपालका लागी पु्र्व राजदूत स्कोट डेलिस, एलायन्स फर पिस विलडिङ्गका पुर्व सभापति चार्ल्स दामवाच , कोरियन एडभोकेन्सीका मैनेजिंग डायरेक्टर जे. डी. किम, प्रमुख अतिथि राघवेन्दर द्विवेदी, एन्टाका संस्थापक सभापति रतन झा, डा. नविन सिंह, डा. उपेन्द्र कर्ण, ललित झा लगायतले मन्तव्य व्यक्त गरे । एन्टा का सभापति डा. चक्रधर मिश्रको सभापतित्वमा सम्पन्न सम्मेलनको सञ्चालन एन्टाका सचिव अरविन्द सिंहले गरे । कार्यक्रम आयोजना न्युयोर्क च्याप्टरले गरेको थियो ।
सम्मेलनमा विभिन्न क्षेत्रमा ख्यातिप्राप्त एवम् आफ्नो समुदायका हरेक किसिमका विकासकालागि सहयोग पुर्याएका व्यक्तिहरुलाई पुरस्कृत गरिएको छ । सम्मेलनका सह–संयोजक एवम् एन्टा न्युयोर्क च्यापटरका सभापति सुभाष कुमार बैठाका अनुसार सम्मेलनमा सांस्कृतिक कार्यक्रमका साथै मधेशीहरुको रहनसहन, भेषभूषा रितीरिवाज, भाषा संस्कृति झल्किने झाँकीहरु समेत प्रदर्शन गरिएको थियो ।
उनका अनुसार सम्मेलनले आउँदो दुई वर्षकालागि विजय सिंहको नेतृत्वमा नयाँ कार्य समिति समेत चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्ष डा. सुबोध मल्लिक, उपाध्यक्ष अरविन्द सिंह, उपाध्यक्ष सुभाष कुमार बैठा, सचिव इन्द्रदेव साहु, सह–सचिव जितेन्द्र ठाकुर, कोषाध्यक्ष मुकेश कर्ण, प्रवक्ता अपरजिता झा तथा सदस्यहरु ओम गोइत , खुश्बु मिश्र , मोहन यादव , रतनेश झा, अर्चना कायस्त लगायतका व्यक्तिहरुलाई चयन गरिएको छ ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *