Top_Header_Right_Add

राजपाद्वारा राजविराजमा विशाल मशाल जुलुस प्रदर्शन

राजपाद्वारा राजविराजमा विशाल मशाल जुलुस प्रदर्शन

राजविराज, १२ जेठ । दोस्रो चरणको चुनावलाई लक्षित गरी राष्ट्रिय जनता पार्टी नेपालद्वारा शनिवार राजविराजमा विशाल मशाल जुलुस आयोजना गरिएको छ ।
राजविराज स्थित हरिनन्देश्वर महादेव मन्दिर प्राङ्गणबाट निकालिएको मशाल जुलुस नगरको विभिन्न भाग परिक्रमा गरेको छ । हज्जारौंको सहभागीता रहेको जुलुस नगर परिक्रमा पश्चात शहिद दशन चौकमा पुगी सभामा परिणत भएको थियो । उक्त सभामा बोल्दै राजपाका नेताहरुले संविधान संशोधन गरी मधेशको माग सम्वोधन नगरिए कुनै पनि हालतमा चुनाव हुन नदिने चेतावनी दिएका छन् ।
राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक सुनिल कुमार झाको अध्यक्षतामा आयोजित सभालाई पार्टीका नेताहरु राजकुमार लेखी, वीपी यादव, विजय यादव, दिपेन्द्र कुमार चौधरी, नेत्र विक्रम साह, रामनारायण यादव, गुजाई दास, नरेन्द्र यादवलगायतले सम्वोधन गरेका छन् । कार्यक्रम सञ्चालन युवा नेता निरज मुक्तिले गरेका छन् ।
संघीय गठवन्धनसहित राजपाले संयुक्त रुपमा आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । आफुहरुको माग सम्वोधन नभएकोमा असन्तुष्टि जनाउँदै राजपासहितको गठबन्धनले चुनाव लक्षित आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
जेठ १४ गते लाठी जुलुस प्रदर्शन र १६ गते निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम रहेको छ । जेठ १९ गतेको उम्मेदवारी दर्तालाई अवरोध गर्न १८ र १९ गते मधेस, थरुहट र लिम्बुवान बन्द आहृवान समेत गरेको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer