• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

अनुगमन टोलीको डरले धमाधम औषधी पसल बन्द, कार्वाहीमा आधा दर्जन पसल

अनुगमन टोलीको डरले धमाधम औषधी पसल बन्द, कार्वाहीमा आधा दर्जन पसल

राजविराज, ७ जेठ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा संयुक्त बजार अनुगमन टोलीले आइतवार औषधी पसलहरुको अनुगमन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय शाखा अधिकृत रोहित भट्टराई नेतृत्वको टोलीले अस्पताल परिसर तथा आसपासका औषधी पसलहरुमा अनुगमन गरिएको हो । औषधी पसलहरुमा अनुगमन गर्दा गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल परिसरका अधिकांश औषधी पसलहरु बन्द रहेको पाएको छ । अनुगमन टोली आएको खबर पाउनसाथ औषधी व्यवसायीहरु पसलको सटर झारेर भागेको जनाईएको छ ।
अस्पताल परिसरमा रहेको जनआशिर्वाद फार्मेसी, विवेकानन्द मेडिकल, अभिषेक फार्मेसी, गंगा लिला मेडिकल, शिवनन्द मेडिकल, पशुपति मेडिकल, निरंकारी अप्टीकल हाउस एण्ड आई केयर, कबीर मेडिकल लगायत करिब एक दर्जनभन्दा बढी औषधी पसलहरु बन्द रहेको थियो ।
अनुगमनका क्रममा नित्या माझी मेडिकलमा डा. अख्तरको क्लिनिक दर्ता नभएको म्याद गुज्रेको औषधी फेला परेकोले तालाबन्दी गरिएको, सप्तरी डिजिटल क्लिनिकमा बिल माग्दा बिल नदिएको, न्यू चन्द्रा फार्मेसीमा स्टाप नर्स सुनिता यादवलाई जिल्ला प्रहरीमा बोलाएको अनुगमन टोलीले जनाएको छ ।
अनुगमन टोलीमा उपभोक्ता मञ्चका राजकुमार गुप्ता, जिल्ला जनस्वास्थ्य कार्यालयका रामनारायण देव, खाद्य निरीक्षकका सुरेश सिंह, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर दास, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालगायतको सहभागिता रहेको थियो ।