• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
बनसखण्डीको मन्दिरमा पूजाआजा

रामसेवक यादव
भारदह, ७ जेठ । सप्तरीको तिरहुत गाउँपालिका लोहजरा–९ स्थित बाबा बनसखण्डीको मन्दिरमा आइतवार पूजा गरिएको छ ।
यसवर्षको पूजा गुरुकुल विद्यालयको तर्फबाट शनिवार गरिएको छ । पूजासँगै आयोजना गरिएको वनभोजमा सरिक भरभलादमी तथा विद्यालयका नवनिर्वाचित अध्यक्ष एवं दाता काशीनाथ जोशी एवं विद्यालयका प्रधानाध्यापक दिपेन्द्र नारायण ठाकुरसहित स्थानिय व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
बर्सेनी बनसखण्डी बाबाको मन्दिरमा सरकारी तर्फबाट पूजा गरिदैआएको हो । सप्तरी मालपोत, जिल्ला विकास समिति, जिल्ला प्रशासन लगायतका सरकारी कार्यालयको सहभागितामा पूजाआजा गरेपछि वर्षा हुने जनविश्वास रहेको छ । उक्त अवसरमा विद्यालयलाई संयोग देव, महेश प्रसाद चौधरी, महेन्द्रनारायण ठाकुर र कृष्णनारायण रजकले २५ हजारका दरले वार्षिक रुपमा सहयोग गर्ने घोषणा गरेका छन् ।
यसैगरी प्रधानाध्यापक शैलेन्द्र लगरवार १८ हजार, वैरवा गाविसका पूर्व अध्यक्ष भरतराज शर्मा, मनमोहन साह, जयलाल सेठले मासिक एक हजार, ईन्जिनियर दुई वर्षसम्म शैक्षिक सामग्री, वैजनाथ महतो प्रति महिना दुई सयका दरले सहयोग गरेका छन् ।