
वीरगञ्ज, २९ वैशाख । नेपाल सद्भावना पार्टीका संस्थापक स्वर्गिय रामजनम तिवारी ‘बाबा’ को १८ औं पुण्यतिथिको अवसरमा वीरगञ्जमा राष्ट्रिय जनता पार्टीले कार्यक्रम गरी मनाएको छ ।
पुण्यतिथीको अवसरमा वीरगञ्जको घण्टाघरमा रहेको स्वर्गिय तिवारीको शालिकमा माल्यार्पण गरिएको थियो । माल्यार्पण कार्यक्रम रामजनम गजेन्द्र नारायण स्मृति प्रतिष्ठानले आयोजना गरेकोे थियो ।
प्रतिष्ठानका अध्यक्ष शिव पटेल, राजपाका नेताहरु नेजामुदिन समानी, राजेशमान सिंह, कृष्णा पटेल, प्रेमबाबु पटेल, पन्नालाल गुप्ता, मुकेश सरावगी, ओमप्रकाश सर्राफ, रेखा साह, धमेन्द्र पटेल, विपिन यादव, धुरेन्द्र पटेललगायतको सहभागिता थियो । राजपाका उपाध्यक्ष सुरेन्द्रप्रसाद कु्र्मिले मधेश र मधेशवादको पथ प्रदर्शक बाबा रामजनम तिवारी आजिवन बिना स्वार्थ काम गरेको व्यक्तित्व भएको बताए । उनले बाबा रामजनमको जिवनबाट आजका युवाले धेरै कुरा सिक्न सक्ने उनले बताए ।



