जनतान्त्रिकद्वारा राजविराजको नापी शाखा कार्यालयमा बम विष्फोट

जनतान्त्रिकद्वारा राजविराजको नापी शाखा कार्यालयमा बम विष्फोट
Bwtech New Add With Software & Bull SMS

राजविराज, २९ वैशाख । सप्तरी सदरमुकाम राजविराज नगरपालिका–५ स्थित नापी शाखा कार्यालयमा शुक्रवार अपरान्ह प्रेशर कुकर बम विष्फोट भएको छ ।
करिव चार बजेको समयमा बम विष्फोट भएको हो । कार्यालय अगाडिको सवारी साधन राख्ने कोठामा गराईएको बम विष्फोटबाट सामान्य क्षति भएको प्रहरीले जनाएको छ । शुक्रवार भएकाले दुई बजेसम्म कार्यालय सञ्चालन भई कार्यालय बन्द भईसकेकोले थप क्षति हुनबाट जोगिएको छ । नापी कार्यालयमा दिनहुँजसो सेवाग्राहीहरुको अत्यधिक रहने गर्दछ ।
यता जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का केन्द्रीय जयकृष्ण गोइतले शुक्रवारै प्रेस विज्ञप्तिमार्फत उक्त बम विष्फोटको जिम्मेवारी लिएका छन् । नेपाल सरकारको भ्रष्टाचारीको अखाडाको रुपमा परिणत भएकोले आफूहरुले कार्वाही स्वरुप प्रेसर कुकर बम कार्वाही स्वरुप विष्फोट गराएको प्रेस विज्ञप्तिमा उल्लेख छ । यसरी भ्रष्टाचार जारी नै रहे आफूहरु थप कार्वाही गर्न बाध्य हुने अध्यक्ष गोइतद्वारा प्रेषित विज्ञप्तिमा जनाईएको छ ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *