मैथिली साहित्य परिषद्का पदाधिकारीहरुको सपथ ग्रहण

मैथिली साहित्य परिषद्का पदाधिकारीहरुको सपथ ग्रहण
Nava Jyoti Saving & Credit Co-Operative Ltd.

राजविराज, २८ वैशाख । मैथिली साहित्य परिषदको नयाँ कार्य समितिका पदाधिकारीहरुको सपथग्रहण एवम् पदस्थापन विहीवार गरिएको छ ।
परिषद्का निवर्तमान अध्यक्ष शुभचन्द्र झाले नव कार्यसमितिका अध्यक्ष प्रा. अशोक कुमार झालाई सपथ ग्रहण गराएका छन् । नव कार्यसमितिका अध्यक्ष प्रा. झाले कार्यसमितिका अन्य पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका छन् ।
परिषद्को सर्वसम्मत नयाँ समिति चयन गर्नकालागि यस अघि बोलाईएको साधारणसभाले परिषद्का पूर्व अध्यक्षहरु समेतको सहभागितामा पाँच सदस्यीय समिति गठन गरेको थियो । परिषद्का पूर्व अध्यक्ष देवेन्द्र मिश्रको संयोजकत्वमा पूर्व अध्यक्षहरु प्रा.अमरकान्त झा, विष्णु कुमार मण्डल, विवेकानन्द मिश्र र परिषद्का पूर्व सचिव एवम् पूर्व प्रधानाध्यापक नथुनी दास समेतको समन्वय समितिले सर्वसम्मत कार्यसमिति चयन गर्न सफल भएको हो ।
परिषद्को नयाँ कार्यसमितिको अध्यक्षमा प्रा. अशोक कुमार झा, उपाध्यक्ष सतिश कुमार दत्त, सचिव श्यामसुन्दर यादव, सह–सचिव रामअधिन साह र कोषाध्यक्षमा पंकज कुमार झा चयन भएका छन् । समितिको सदस्यमा प्रा. मिथिलेश कुमार यादव, हितनारायण लाल दास, सत्येन्द्रनाथ चौधरी, अजयकुमार झा, गोपाल प्रसाद गुप्ता र भूपेन्द्र मण्डल रहेका छन् ।
परिषद्का पूर्व अध्यक्ष एवम् मैथिल महासंघ नेपालका अध्यक्ष विष्णुकुमार मण्डलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा चयन समितिका संयोजक मिश्र, अन्तर्राष्ट्रिय मैथिली परिषद् नेपालकी अध्यक्ष करुणा झा, पं. महेश्वर झा, परिषद्का पूर्व सचिव श्यामसुन्दर झा, नेपाल पत्रकार महासंघ सप्तरीका सचिव एवम् मैथिली पत्रकार परिषद् सप्तरीका अध्यक्ष जितेन्द्र कुमार झा, मैथिल महिला परिषद्की अध्यक्ष शान्ति झा, राकेश कुमार झालगायतले शुभकामना मन्तव्य व्यक्त गरे । कार्यसमितिका उपाध्यक्ष सतिश कुमार दत्तले स्वागत मन्तव्य तथा सञ्चालन सचिव श्यामसुन्दर यादवले गरे ।
यसैगरी परिषद्को विहीवारै सम्पन्न पहिलो बैठकले सर्वसम्मत कार्यसमिति चयन गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेका समन्वय समिति, पूर्व अध्यक्षहरु, निवर्तमान कार्यसमिति, आजिवन सदस्यसहित प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण मैथिलीकर्मीहरुप्रति आभार प्रकट गर्दै धन्यवाद प्रस्ताव पारित गरेको छ ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *