मोनास्टिक स्कुलका तीन विद्यार्थी श्रीलंका जाने

मोनास्टिक स्कुलका तीन विद्यार्थी श्रीलंका जाने
Nava Jyoti Saving & Credit Co-Operative Ltd.

धनुषा, २६ वैशाख । जनकपुरको प्रसिद्ध मोनास्टिक स्कुलका तीन जना विद्यार्थी अन्तर्रा्ष्ट्रिय स्तरमा हुन लागेको एसक्वी सर्किलमा सहभागि हुन श्रीलंका जाने भएका छन् ।
जनकपुरमा मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा मोनास्टिक स्कुलकी प्राचार्य सोनाली कुमारी साहले अन्तर्राष्ट्रीय स्तरमा आयोजना हुने विभिन्न प्रतियोगिताहरुमा सहभागि हुनकोलागि छात्र सन्तोष महासेठ, प्रशान्त झा र छात्र सञ्जु नायक छनौट भई स्टुडेन्ट क्जालिटी सर्कल कन्भेसनकालागि श्रीलंका जान लागेका हुन् । मोनाष्टिकमा कक्षा १० मा अध्ययनरत यी तीन विद्यार्थी विद्यालय व्यवस्थापक डा. सोनु कुमार साहको नेतृत्वमा जान लागेका छन् । बैशाख ३१ गते राजधानी हुदै श्रीलंका जाने भएका छन् ।
श्रीलंकामा २० औं अन्तर्राष्ट्रिय सम्मेलन अन्तर्गत स्टुडेन्ट क्वालिटी सर्किलमा विभिन्न प्रतियोगिताहरु हुने भएकोमा सम्मेलनमा जनकपुरबाट मोनाष्टिकका यी तीन विद्यार्थी जान लागेका हुन् । देशैभरीमा जनकपुर र भैरहवा तथा उपत्यका गरी ८ वटा विद्यालयमध्ये एक मोनास्टिक स्कुल समेत छनोटमा परेको हो । यस सम्मेलनमा देश भरीबाट शिक्षक र विद्यार्थी गरी करिब ८५ जनाको सहभागि रहने डा. सोनु साहले जानकारी दिएका छन् । तस्विरः घनश्याम मिश्र÷जनकपुर

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *