पत्रकार सुमन र सन्तोषको ‘साथी’ सार्वजनिक

पत्रकार सुमन र सन्तोषको ‘साथी’ सार्वजनिक
Bwtech New Add With Software & Bull SMS

काठमाडौं । पत्रकार तथा सञ्चारकर्मी सुमन पण्डितको एकल रचना एवम् सङ्गीतकार सन्तोष श्रेष्ठको गीतिसंग्रह ‘साथी’ सोमवार राजधानीमा सार्वजनिक गरिएको छ ।
गीतकार श्रीपुरुष ढकालको प्रमुख आतिथ्यता एवम् गीतकार संघ नेपालका अध्यक्ष चुडामणी देवकोटा, गायिका, सञ्चारकर्मी एवं नेत्री कोमल वली, ललितकला प्राज्ञ प्रतिष्ठानका प्राज्ञ ज्योतिप्रकाश विश्वकर्मा एवं सङ्गीत कला पत्रकार संघकी उपाध्यक्ष विनिता मरहठ्ठाको विशेष आतिथ्यतामा गीतिसंग्रह ‘साथी’ सार्वजनिक भएको हो । म्यूजिक खबर डटकमद्वारा आयोजित कार्यक्रमको सञ्चालन पत्रकार एवं गीतकार शान्तिप्रियले गरे ।
सङ्गीतकार सन्तोष श्रेष्ठले आफ्नो डेढ दशक लामो सांगीतिक यात्रामा गीतकार पण्डितसँग भएको सहकार्य बारेमा बताए । सङ्गीत कला पत्रकार संघकी उपाध्यक्ष विनिता मरहठ्ठाले गीतकार सुमन पण्डितलाई नजिकबाट संगत गर्ने मौका मिलेको बताइन् । उनले पत्रकारको परिचयमा आफूले चिनेको व्यक्तिलाई गीतकारको परिचयमा देख्न पाएकोमा खुशी व्यक्त गरिन् । सङ्गीतकार सन्तोष श्रेष्ठको साङ्गीतिक उँचाइको बारेमा चर्चा गरेकी थिइन् ।
प्राज्ञ ज्योतिप्रकाश विश्वकर्माले शब्दकार, पत्रकार र मिलनसार व्यक्तिको रूपमा पाएको बताए । गायिका कोमल वलीले सङ्गीत क्षेत्रमा म्यूजिक खबर डटकम, सबिता पोखरेल र सुमनको योगदान रहेको बताउँदै सरकारले राम्रो काम गर्नेले हेर्न नसकेको हुँदा त्यो ठाउँमा आफू पुगेको दिन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यसैगरी गीतकार संघका अध्यक्ष चुडामणि देवकोटाले गीतकार सुमन र सङ्गीतकार सन्तोषको सांगीतिक क्षेत्रमा रहेको योगदानको चर्चा गर्दै साथी एल्बमले सफलता पाउने विश्वास व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि श्रीपुरुष ढकालले गीतसंगीतको वर्तमान अवस्था औंल्याउँदै गीत राम्रो लेख्न सके आफैं चर्चाको शीखरमा पुग्ने बताए । गीतकार सुमन पण्डितले गीत सिर्जना र एल्बमको सुरुवातदेखिको अवस्था औंल्याउँदै अरुले दिएको धोकाबाट एल्बम सिर्जना हुन पुगेको बताए ।
साथी एल्बममा ६ वटा गीत समावेश गरिएको छ । नेपाल भएर नै, नजलाइदेउ मुटु, तिमीले सधैं पीडा दियौ, भन्दै होलान् जस्ता गीत समावेश रहेका छन् । जसमा युवराज चौलागाईं, प्रमोद खरेल, काव्य आचार्य, दुर्गा खरेल, शिशिर योगी र कन्हैया सिंहको स्वर रहेको छ ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *