व्यवहारिक हिन्दी पत्रकारिताः एक अप्रेशन

व्यवहारिक हिन्दी पत्रकारिताः एक अप्रेशन
Nava Jyoti Saving & Credit Co-Operative Ltd.
नन्दलाल आचार्य
लेखक सुरेन्द्र प्रसाद गुप्ता

–नन्दलाल आचार्य । नेपाली र हिन्दी भाषा, साहित्य, पत्रकारिता र शिक्षणमा दर्बिलो पहिचान बनाइसकेका सगरमाथा अञ्चलको राजविराज–१, सप्तरी जिल्लामा बसोबास गर्ने सर्जक सुरेन्द्र प्रसाद गुप्ताको जीविकोपार्जनको पेशा प्राध्यापन र पत्रकारिता हो । सगरमाथा साहित्य परिषद्का पूर्व उपाध्यक्ष तथा आजीवन सदस्य समेत रहेका गुप्ताको साहित्यिक गतिविधिमा उल्लेखनीय योगदान, सक्रियता र निरन्तरता छ । मूलतः उनी समसामयिक विषयवस्तुलाई काव्यात्मक रूप दिन खप्पिस मानिन्छन् । हालै उनका दुई कृति ‘व्यवहारिक हिन्दी पत्रकारिता’ (सितम्बर २०१६) र ‘हिन्दी के मुहावरे एवं लोकोक्तियां’ (अक्टुबर २०१६) प्रकाशित भएका छन्
यस आलेखमा उनको सद्य कृति ‘व्यवहारिक हिन्दी पत्रकारिता’ (सितम्बर २०१६) बारे सटिक अप्रेशन गर्न खोजिएको छ–
पुस्तक पत्रकारितामा रूचि राख्ने पाठक र हिन्दी भाषामा स्नातक, स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीहरूलाई विशेष उपयोगी छ । हिन्दी पत्रकारिता विषय शिक्षण गर्ने शिक्षक÷प्राध्यापकलाई समेत सहयोगी सामग्रीका रूपमा सावित भएको छ । पुस्तक लेखनको औचित्य बारे प्रष्ट्याउँदै लेखक स्वयम्ले लेखेका छन्– ‘विद्यार्थियों व पाठकों को हिन्दी पत्रकारिता सम्बन्धी आधारभूत सैद्धान्तिक खुराक परोसते हुवे मूलतः व्यवहारिक पक्ष की ओर उन्मुख करना ही इस पुस्तक लेखनका उद्देश्य रहा है ।’ (विद्यार्थीहरू वा पाठकहरूलाई हिन्दी पत्रकारिता सम्बन्धी आधारभूत सैद्धान्तिक खुराक पस्कँदै मूलतः व्यवहारिक पक्षतिर उन्मुख गर्नु यस पुस्तक लेखनको उद्देश्य रहेको छ ।)

पुस्तकमा ‘सञ्चार और आमसञ्चार’, ‘पत्रकारिताका इतिहास और हिन्दी पत्रकारिताका उद्भव और विकास’, ‘सम्पादन और इसके विविध पक्ष’, ‘समाचार लेखन’, ‘आमुख लेखन’, ‘शीर्षकीकरण का परिचय और भेद’, ‘पृष्ठ सज्जा’ र ‘छपाइ शुद्धि’ गरी आठ परिच्छेदमा विविध पाठहरू÷उपशीर्षकहरू राखी सटिक चर्चा गरिएको छ । यसो गर्दा विविध पूर्ववर्ती पुस्तक तथा विद्वान्हरूको सहयोग लिइएको छ ।
पुस्तकमा केही मननीय कुराहरू पनि आएका छन्– हिटलरका प्रधानमन्त्री गोयवल्स सञ्चारका सिद्धान्तका बारेमा भन्छन्– “किसी भी झुठी बात को सौ बार दोहरायी जाय तो वह सत्य हो जाती है ।” (कुनै पनि झुटो कुरा सय पटक दोहो¥याए त्यो सत्य हुन्छ ।) (पृष्ठ–४)
रूडयार्ड किपलिङको समाचारको परिभाषा–

I have six honest serving men.

They taught me all I knew.

There names are where and what and when

And how and why and who.

(मसँग छजना इमान्दार सेवकहरू छन् ।
तिनीहरूले मैले चाहेजति पढाए ।
तिनको नाम हो– कहाँ, के, कहिले
कसरी, किन र को ।) (पृष्ठ–४३)
तरबार और धन दोनों कलम के शत्रु हैं । आवश्यक होने पर, सम्मान की रक्षा हेतु जीवन और धन की बली दे दीजिए । (तरबार र धन दुबै कलमका शत्रु हुन् । आवश्यक हुँदा सम्मानको रक्षा हेतु जीवन र धनको बली दिनुहोस् ।) (पृष्ठ–२९)
कुनै पनि शीर्षकमा परिचय, चिनारी वा परिभाषा दिँदा लेखकीय अवधारणा स्पष्टताका साथ आउनुपर्छ । विविध पुस्तक वा लेखकहरूका भनाइ साभार गर्दा सन्दर्भ उल्लेख हुनुपर्छ । पुस्तक सङ्कुचित दायरामा नभई व्यापक दायरालाई समेट्ने हुनुपर्छ । यस अर्थमा प्रस्तुत पुस्तकमा कमजोरीहरू छन् । किनभने पुस्तक लेखन सङ्कलन मात्र नभई लेखकीय दृष्टिकोण व्यक्त गर्नु पनि हो । पूर्ववर्ती वा समकालिन लेखक र कृतिहरूको अध्ययन, चिन्तन र मननबाट मात्र नभई लेखकीय सोच र समझको मिश्रणबाट पुस्तक निर्माण हुनुपर्छ । विश्व र भारतको पत्रकारिताको इतिहास समेट्दा कम्तिमा नेपालयीय हिन्दी पत्रकारिताको इतिहास स्पष्टरूपमा समेटिएको भए पुस्तकको उचाइ बृद्धि हुने थियो । ‘पत्रकारिता के विविध रूप’ (पृष्ठ–१९–२७) शीर्षकभित्र पत्रकारिताका अन्य रूप समेट्दा ‘शिक्षा पत्रकारिता’ समेत समेट्न सकेको भए एउटा महत्त्वपूर्ण पाटो समेटिन्थ्यो ।
समग्रमा पुस्तक लेखनको औचित्य नै विद्यार्थी÷पाठकहरूलाई हिन्दी पत्रकारिता सम्बन्धी आधारभूत सैद्धान्तिक खुराक पस्कने र मूलतः व्यवहारिक पक्षतिर उन्मुख गर्ने उद्देश्य रहेको हुनाले पुस्तकले हिन्दी भाषा पत्रकारिता बारे सटिक जानकारी दिन सकेको छ । पत्रकारिता पेशामा दैनिक भोग्नुपर्ने कठिनाइबाट छुटकारा दिलाउन पुस्तक सहयोगी देखिएको छ । नेपालबाट प्रकाशित नेपालयीय हिन्दी भाषाको पुस्तकका रूपमा प्रस्तुत ‘व्यवहारिक हिन्दी पत्रकारिता’ लाई महत्त्वपूर्ण उपलब्धी मान्नुपर्छ भन्दा दुई मत नहोला ।

कृतिः ‘व्यवहारिक हिन्दी पत्रकारिता’

विधाः विविध

लेखकः सुरेन्द्र प्रसाद गुप्ता

संस्करणः प्रथम, सितम्बर २०१६

प्रकाशकः मीरा गुप्ता

सर्वाधिकारः लेखकमा

मूल्य रु. १२५

पृष्ठः ८+७२

प्रकाशित प्रति – १०००

लेखक सम्पर्क– नं.९८४२८२२८२६÷०३१–५२२७२६

श्री जनसेवा माध्यमिक विद्यालय, कर्जन्हा–४, सिरहा । मो. नं. ९८४२८२९२०६

nandalalacharya@gmail.com

 

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *