• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
निष्पक्ष निर्वाचनकालागि डिजिटल मतदान
Rajesh Bidrohi

राजेश विद्रोही
इतिहासमा जनताले कहिले पनि निर्वाचनमा आफ्नो मतदान निष्पक्ष तरिकाले गर्न पाएको छैन् । न त राज्यले नै त्यस किसिमको वातावरण दिन सकेको छ । राजनीतिक दलका कारण जनताले सोंचे भन्दा धेरै ठाउँमा फरक परिणाम आएको इतिहास छ । हरेक योग्य मतदातालाई आफ्नो अमूल्य मत आफ्नै हातबाट ईच्छाएको व्यक्ति र राजनीतिक दललाई निष्पक्ष र भयरहित वातावरणमा दिलाउन सक्ने दायित्व राज्यको हो । तर, यसबाट राज्य पटक–पटक चुक्दैआएका छन् । जनताले गर्नु पर्ने मतदान राजनीतिक दलका नेताकार्यकर्ता र त्यसको पैसा,पावरले गरेका छन् । यो प्रवृतिले सत्य राजनीतिक व्यवस्थालाई स्थापित गर्न सक्दैन् । यसमामिलामा राज्य र राजनीतिक दल आफ्नो दायित्व निर्वाह गर्न सकेको छैन् । यो गम्भिर विषय हो ।
अहिले सरकार स्थानिय तहको निर्वाचन चरणवद्ध रूपमा अगाडि सारेका छन् । २१ औं शताब्दिको वैज्ञानिक युगमा पनि नेपाली जनता आफ्नो असल नेतृत्व चैन गर्ने हैसियतमा छैन् । कागका खोस्टामा जनताका अधिकार जति लेखिए पनि व्यवहारमा अपर्याप्त छन् । राज्य र राजनीतिक दलले पनि जनताको अधिकार जनतालाई सुल्झाउन सकेको छैन् । जनतालाई अन्यौलमा पार्ने काम गरेका छन् । जनतामा राजनीतिक वितृष्णा फैलाएर निजी राजनीतिक अबिष्ट पुरागर्ने तिर अधिकांश राजनीतिक दल अग्रसर छन् । जनता यो विषयमा सचेत छन् तर, व्यस्त व्यवहारिक जीवन यापनका कारण शासक वर्ग मौकाको फाईदा उठाई रहेका छन् । सचेत नागरिकले यो विषय उठान गर्दा नेताहरूले लाजै पच्नेगरी व्यवहार प्रदर्शन गरेका छन् । पछि यो सबै फिक्का कुरा हुन् । झुठा आदर्श हुन् । कसैलाई प्वाल पर्ने र पार्ने दर्शन होइन् । तसर्थ निष्पक्ष निर्वाचनका लागि डिजिटल मतदानको खाँचो छ । राज्यले त्यसको व्यनस्था र व्यवस्थापन गर्नु पर्छ । मतदानलाई क्रप्सनबाट जोगाउने अधिकार राज्यको हो । राज्यले त्यसकिसिमको नितिनिर्माण गर्नु पर्छ । जीवन निर्वाहका लागि स्वदेश तथा विदेशमा रहेका हरेक नेपालीको मतदान ततत ठाउँबाट मतदान गर्ने अधिकारको ग्यारेन्टि राज्यले गर्नु पर्छ ।
मतदाताको अधिकारलाई ओझेल्मा पार्ने काम बन्द गर्नुपर्छ । यसले मुलुकको नेता र राजनीतिक दललाई सत्य तथ्यबाटोमा लाग्न प्रेरित गर्नेछन् । देश र जनताको भविष्य निर्माण प्रति दलगत निति र नेतृत्वमा बदलाव ल्याउने छन् । मुलुकमा व्याप्त राजनीतिक,आर्थिक र समाजिक संकट सामाधान हुन्छ ।
हरेक नागरिक र नेतृत्वलाई निजी स्वार्थ भन्दा सामूहिक स्वार्थप्रति जिम्मेवार बोध गराउँने छन् । विभेदका हरेक श्रृंखलाहरूको अन्त्य हुन्छ । सबै राजनीतिक दललाई सत्य,निष्ठा र न्यायको पक्षमा जवर्जस्त उभिने वाध्यता हुन्छ । गरिवी, बेरोजगारी, भ्रष्टाचारी जस्ता राजनीति समाजिक विकृति र विसङ्गतिको अन्त्यय गर्ने छन् । मुलुक समृद्धिको दिशामा अगाडि बढ्छ ।